शेखरको आरोप, प्रचण्डले जातीय द्वन्द्व निम्त्याए

८ भदौ ८०, शनिबार

९ भदौ, काठमाण्डौ ।
स्थानीय प्रशासनले धरानमा सुरक्षा व्यवस्था कडा बनाएको छ । धार्मिक र साम्प्रदायिक विषयलाई लिएर धरान अशान्त बन्ने खतरा उत्पन्न भएपछि जिल्ला प्रशासन कार्यालयले शुक्रबार मध्यरातदेखि लागु हुनेगरी निषेधाज्ञा जारी गरेको छ । जसका कारण धरान प्रवेश गर्ने नाकामा कडाइ गरिएको छ । बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

धरान प्रवेश गर्ने सवारी साधनलाई चेकजाँच गरेर मात्रै पठाइएको छ । धरानमा निषेधाज्ञा भएपछि हिन्दूवादीहरूले भने यता इटहरीमा प्रदर्शन गरिरहेका गरेका छन् । प्रदर्शनका लागि विराटनगरबाट अभियान्ताहरु गाडी रिजर्भ गरेर पुगेका छन् । यसैबीच धरानको अहिलेको अवस्थालाई लिएर नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दोष लगाएका छन् ।

कोइरालाले प्रधानमन्त्री प्रचण्डले मुलुकमा जातीय द्वन्द्व निम्त्याउने प्रयास गरिरहेको आरोप लगाएका छन् । विराटनगरमा नेपाल प्रेस युनियन मोरङ शाखाको पदस्थापना कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अहिलेको अवस्थामा जातीय द्वन्द्व निम्ताउने प्रयास प्रधानमन्त्रीले गरिसक्नुभएको छ । परिस्थिति धार्मिक खासियत लडखडाएको छ।’ सुनसरीको धरानमा भएको घटनाले सिंगो मुलुकमा असर पार्ने कोइरालाले बताए ।

Advertisement

‘मुलुकमा कुनै पनि धर्मको बाहुल्यता नभएपछि संविधानमा लेखेको कुरालाई नजरअन्दाज गर्न सकिँदैन’, उनले भने, ‘संविधानमा लेखिएका कुरा बाहिरको कदापि स्वीकार्य हुँदैन। कुनै पनि पनि प्रकारको सद्भाव खलबल्याउने कार्य हुनु हुँदैन।’ प्रधानमन्त्रीले बहुमत दिए जातीय पहिचानको प्रदेश बनाउँछु भनेर अभिव्यक्ति दिएको भन्दै उनले रोष प्रकट गरे ।‘त्यो कत्तिको उचित हो’, उनले भने, ‘जिम्मेवार व्यक्तिबाट यस प्रकारका अभिव्यक्ति आउँदा मुलुकमा अप्ठ्यारो अवस्था आउनेछ।’

उनले मुलुकको राजनीति अप्ठ्यारो परिस्थितीमा गएकोमा चिन्ता जनाए । यसैबीच राष्ट्रिय जनमोर्चाले पनि कतिपय साम्राज्यवादी शक्तिहरूले नेपालमा विभिन्न जातजातिका बिच द्वन्द्व र अन्तर्विरोध पैदा गराएर एक आपसमा लडाएर भिडाएर नेपालको सार्वभौमसत्ता र अखण्डतालाई कमजोर पार्नका लागि विभिन्न षड्यन्त्र गरिरहेको आरोप लगाएको छ ।

Advertisement

पूर्वका केही जिल्लाहरूमा बिग्रँदो सामाजिक सद्भावप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउँदै पार्टीले ती जिल्लाका स्थानीय विभिन्न धर्मावलम्बी तथा जातजातिका स्थानीय बासिन्दाहरूले आपसी सामाजिक सद्भाव कायम राख्न र त्यसलाई बिथोलिन नदिन अपिलसमेत गरेका छ । साथै सरकारलाई पनि सामाजिक सद्भाव कायम राख्न प्रशासन वा दमनको सहारा नलिन आपसी सम्झाई बुझाई संवादको माध्यमद्वारा समस्यालाई समाधान गर्न जोड दिएको छ ।

धरानमा अहिले ५ हजार भन्दा बढी जनपद प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । धरानमा सामाजिक सदभाव भड्किन नदिन कोशी, मधेश र बागमती प्रदेशका विभिन्न जिल्लाबाट थप प्रहरी ल्याएर शान्तिसुरक्षा मजबुत पारिएको कोशी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले बताए । यसैबीच प्रदर्शनकारीले गृहमन्त्रीको राजीनामासमेत माग गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top