चुम्बनका कारण स्पेनका फुटबल अध्यक्ष निलम्बित

१० भदौ, एजेन्सी ।
स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियाल्स निलम्बनमा परेका छन्। फुटबलको सर्वोच्च निकाय फिफाको अनुशासन समितिले उनलाई निलम्बन गरेको हो। महिला विश्वकप विजेता जेनी हर्मोसोसँग चुम्बन गरेकोमा स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसलाई निलम्बन गरेको हो ।

सिएनएनका अनुसार अब उनलाई ‘फुटबलसँग सम्बन्धित सबै गतिविधिहरू’बाट अस्थायी रूपमा फिफाले निलम्बन गरेको जानकारी दिएको छ । हर्मोसो, उनका सहकर्मी र स्पेन सरकारको कडा आलोचना पछि उनलाई निलम्बन गरिएको हो । स्पेनले पहिलो पटक टूर्नामेंट जितेपछि गत आइतबार रुबियालेसले खेलाडी हर्मोसोलाई ओठमा चुम्बन गरेका थिए ।

हर्मोसोले चुम्बन अवाञ्छित भएको र रुबियालेस अध्यक्ष रहँदासम्म खेल्न अस्वीकार गरेको बताउँदै आएकी थिइन । तर, रुबियालेसले चुम्बन सहमतिमा भएको दाबी गर्दै आएका छिन । विश्व फुटबलको सञ्चालक निकाय फिफाले रुबियालेसलाई सुरुमा ९० दिनको लागि निलम्बन गरेको छ । रुबियल्स र स्पेनिस फुटबल महासंघलाई हर्मोसोलाई सम्पर्क गर्न प्रतिबन्ध लगाएको छ ।

Advertisement

बिहीबारबाट सुरु भएको अनुशासनात्मक कारबाही सकिएपछि थप जानकारी दिइने फिफाले जनाएको छ। स्पेनमा फुटबलका धेरै महत्त्वपूर्ण प्रायोजकहरूले पनि उनलाई कारबाहीको माग गरिरहेका थिए । रुवियल्स सन् २०१८ देखि स्पेनिस फुटबल महासंघका अध्यक्ष थिए । स्पेनी सरकारका धेरै मन्त्रीले पनि उनको व्यवहारको आलोचना गरेका छन् ।

अस्ट्रेलिया र न्युजिल्यान्डमा सम्पन्न महिला विश्वकप फुटबल प्रतियोगितामा इङ्ल्यान्डलाई १—० गोलले पराजित गर्दै स्पेनले जितेपछि विश्व विजेता बनेपछिको खुशीसाट्ने क्रममा फाइनल खेल हेर्न पुगेका लुइस हर्मोसोलाई चुम्बन गरेका थिए । त्यतिबेला स्पेनिस टोलीले खुसीयाली मनाइरहेको क्षणको विश्वभर प्रत्यक्ष प्रशारण भइरहेको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top