शिक्षादीपमा आणविक परीक्षण विरुद्धको दिवसमा कविता प्रतियोगिता

११ भदौ ८०, मंगलबार

११ भदौ, विराटनगर ।

विराटनगर स्थित शिक्षादीप कलेजले अन्तर्राष्ट्रिय आणविक परीक्षण विरुद्धको दिवस कविता प्रतियोगिता गरी मनाएको छ । सो प्रतियोगितामा शान्तिकालागि निश्शस्त्रीकरण शीर्षकमा तीन दर्जन विद्यार्थीहरुले कविता वाचन गरेका थिए । उनीहरुको कविताको सन्देश आणविक हातहतियारका विपक्षमा थियो ।

उक्त कविता प्रतियोगितामा सिम्रिका तिमल्सेना प्रथम, एञ्जल राई द्वितीय र रितेश भट्टराई तृतीय भएका थिए । प्रतियोगीहरु आयुषा खातुन, सँस्कृति कर्ण, अनिषा कुमारी मण्डल र टोकनाथकुमार साहले सान्त्वना पुरस्कार प्राप्त गरे । विजयी कविहरुलाई कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का, कोअर्डिनेटर नवीनकुमार राय, निर्देशक भूपेन्द्र दाहाल लगायतले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।

Advertisement

 

Advertisement

साहित्यकार मीनकुमार नवोदित र प्राध्यापक डा. विमलकिशोर श्रीवास्तव सो प्रतियोगिताको निर्णायक थिए भने कलेजका सञ्चालक सदस्य रामचन्द्र अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए । प्रतियोगितामा सहभागी सबै विद्यार्थीहरुलाई प्रिन्सिपल खड्काले सहभागिताको लागि बधाई तथा धन्यवाद दिदै विद्यार्थीहरुको प्रतिभाको प्रष्फुटन नियमित रुपमा अतिरिक्त क्रियाकलापहरु कलेजले आयोजना गर्ने गरेको बताए ।

सन् २००९ मासंयुक्त राष्ट्र संघको महासभाले घोषणा गरेपछि हरेक वर्ष अगष्ट २९ तारिखमा आणविक हतियार विरुद्धको दिवस अधिकांश मुलुकहरुमा मनाउने गरिन्छ । आणविक परीक्षण र हतियारको शून्यताको संसार यो दिवसले परिकल्पना गरेको दिवसका अवसरमा संयुक्त राष्ट्र संघद्वारा विज्ञप्तिमा उल्लेख छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top