अमेरिकी राज्य फ्लोरिडा आँधीको चपेटामा पर्याे

१४ भदौ, एजेन्सी ।
आँधी इडालिया बुधबार अमेरिकी राज्य फ्लोरिडाको पश्चिमी तटमा खतरनाक श्रेणी ३ आँधीको रूपमा पुगेको छ । कतिपय ठाउँमा आँधीका कारण समुद्रमा १५ फिटसम्मका छाल उठेको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । इडालियाका कारण यस क्षेत्रमा भारी वर्षा भई जनजीवन प्रभावित भएको छ । धेरै क्षेत्रबाट मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

योसँगै यो आँधीका कारण एक हजारभन्दा बढी उडान रद्द गर्नुपरेको छ । अविरल वर्षाका कारण वरपरका गाउँमा बाढीको अवस्था रहेको र राहत कार्य व्यापक रुपमा भइरहेको छ । क्युबाको पश्चिमबाट पार गरेको एक दिनपछि मङ्गलबार बिहान इडालिया थप खतरनाक बनेको थियो । यसले घरहरूमा क्षति पु¥यायो, बिजुली अवरुद्ध भयो, गाउँहरू बाढीले डुब्यो र मानिसहरूको ठूलो संख्यामा बसाइँ सराएको थियो ।

यो आँधीका कारण बुधबार अमेरिकामा १ हजारभन्दा बढी उडान रद्द गर्नुपरेको थियो । इडालिया आँधी फ्लोरिडाको बिग बेन्ड क्षेत्रमा पुग्यो । तर, जर्जियातर्फ सर्दा आँधीले शक्ति गुमाएको थियो। दिउँसो १२ बजेसम्म साउथवेस्ट एयरलाइन्सले २२० भन्दा बढी उडान रद्द गरिसकेको थियो । डेल्टा एयरलाइन्सले १५७ उडान रद्द गरेको छ ।

उडान ट्र्याकिङ वेबसाइटका अनुसार करिब २,००० उडानहरू पनि ढिलो भएको थियो। केही विमानस्थलले उडान पूर्ण बन्द गर्दै आँधीको अवस्थाको अनुगमन गरिरहेको बताएका छन् । आँधीले मेक्सिकोमा विनाश भएपछि फ्लोरिडाको कमजोर तटीय क्षेत्रहरूमा बसोबास गर्ने मानिसहरूलाई क्षेत्र छाड्न आदेश जारी गरिएको थियो।

फ्लोरिडा अझै पनि गत वर्षको आँधी इयानले गर्दा भएको विनाशको सामना गरिरहेको छ । अहिले इडालियाबाट कडा प्रहार हुने अनुमान गरिएको छ। इडालिया मंगलबार दिउँसो श्रेणी २ को आँधीमा तीव्र भएको थियो र बुधबार बिहान श्रेणी ३ आँधीमा बढेको थियो। आँधीलाई पाँच श्रेणीमा मापन गरिन्छ, जसमा पाँचौं श्रेणी सबैभन्दा शक्तिशाली हुन्छ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top