×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

१५ भाद्र २०८०

१५ भदौ, एजेन्सी ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कानूनी शासनको समर्थन गर्दै दिगो लोकतान्त्रिक शासन स्थापित हुनुपर्नेमा जोड दिएका छन् । बिहीवार अफ्रिकामा जारी सैन्य बिद्रोहको हालैका घटनाक्रमहरुमाथि सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । गत महिनामात्रै नायजर, २०२२ मा बुर्किना फासो र त्यसअघिका वर्षहरुमा चाड, गिनी, सुडान र मालीमा सैन्य कु भएको थियो ।

केहीदिनअघि मात्रै ग्याबोनामा सैन्य कु भएको छ । गुटेरेसले अफ्रिकामा शान्ति, लोकतान्त्रिक स्थायित्व र सुशासनको प्रवद्र्धनमा निर्णयक भुमिका खेल्न अफ्रिकी युनियनहरुसँग आग्रह पनि गरेका छन् । उनले अफ्रिकी जनतालाई यस बारेमा जानकार गराउनुपर्ने बताए । यस साताको अन्तिममा उनी केन्यामा हुने अफ्रिका जलवायु शिखर सम्मेलनमा जाँदैछन् ।

Advertisement
Advertisement

त्यसपछि १३ औं एशियन संयुक्त राष्ट्र शिखर सम्मेलनमा भाग लिन इण्डोनेसिया जाँदै छन् । त्यसलगत्तै उनी जि २० शिखर सम्मेलनमा भाग लिन भारत आउने छन् । साथै जी ७७ र चीनको शिखर सम्मेलनका लागि क्युबा जाँदै छन् । गुटेरेसले सो सम्मेलनका क्रममा पनि यसबारेमा विश्वस्तरका नेतासँग छलफल गर्ने बताएका छन् ।

यसैबीच सुडानका संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष एवं सुडानी सशस्त्र बल (एसएएफ) का जनरल कमाण्डर अब्देल फताह अल बुर्हानले वर्तमान युद्धबाट समस्या समाधान नभए देश टुक्रिनसक्ने चेतावनी दिएका छन् । उनले पूर्वी सुडानको रेड सी राज्यको राजधानी शशहर पोर्ट सुडानमा सुडानी प्रहरी नेताहरुलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

आफूहरु देशमा युद्धको सामना गरिरहेको र यदी आवश्यकताअनुसार छिटो समाधान नभए देश टुक्रिनसक्ने खतरा रहेको बुर्हानको चेतावनी छ । उनले युद्ध अन्त्य गर्न जोड दिँदै युद्धपछिको व्यवस्थाका लागि तयार रहन नागरिकसँग आहन पनि गरेका छन् । उनले अधैसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) का लडाकुहरुलाई आफ्नो हतियारसहित आत्मसमर्पण गर्न आग्रह गरेका छन् ।

उता वेस्ट बैंकको नाब्लस शहरमा बिहीवार राति भएको झडपमा १० प्यालेस्टाइनी र ४ जना इजरायली सैनिक घाइते भएका छन् । इजरायली सेनाको बल सैन्य बुलडोजरसहित बिष्फोटक पदार्थ बोकेर आएपछि झडप शुरु भएको हो । इजरायली सेनाले दर्जनौँ इजरायलवासीलाई धार्मिक अनुष्ठानका लागि नाब्लसको फ्ल्यासपोइन्ट साइट जोसेफको चिहानमा लैजान नाब्लस शहरमा आक्रमण गरेको थियो ।

जोसेफको चिहानसम्म जाने सडकहरु अवरुद्ध गर्दै प्लोस्टाइनी नागरिकहरुले बिरोध गरेका थिए । उनीहरुले इजरायली गाडीको टायर जलाउनुका साथै इजरायली सेनाको गाडीमाथि ढुंगा प्रहार गरेका थिए । प्रदर्शकारीलाई रोक्न सैनिकले रबरको गोली र अश्रु ग्यास छोडेको थियो । सैनिकबाहेक झडपको क्रममा ५६ प्यालेसटाइनी नागरिक घाइते भएका छन् ।

Advertisement

यता इजरायलसँगको सीमा समस्या समाधानका लागि वार्ता गर्न लेबनान तयार भएको छ । बिहीवार लेबनानका विदेशमन्त्री अब्दुल्ला बौ हबीबले इजरायलसँगको सीमा समस्या समाधानका लागि वार्ता गर्न आफूहरु तयार रहेको बताएका छन् । लेबनान र इजरायलबीच समुन्द्री सीमा सिमाङ्कन भइसकेसँगै भूमि सिमाङ्कनका लागि पनि वार्ता गर्न लागिएको हो । अहिले इजरायल र लेबनानबीच १३ वटा स्थानमा विवाद छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top