×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

इजरायलमा चम्किइन् सावित्रा /डेब्यु खेलमै चार गोल

१६ भाद्र २०८०

१६ भदौ, एजेन्सी ।
नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मुख्य फरवार्ड सावित्रा भण्डारी (साम्बा)ले इजरायलको लिगमा उत्कृष्ट प्रदर्शन गरेकी छिन् । इजरायली महिला फुटबलको शीर्ष डिभिजनको पहिलो खेलमा हापोएल राननाले रमाट हशारोनलाई ४–० को फराकिलो अन्तरले हराएको छ । यो खेलका चार वटै गोल सावित्रा एक्लैले गरिन् ।

हापोएल रानानाका लागि खेलेकी सावित्राले ह्याट्रिकसहित चार गोल गरेकी हुन् । सावित्राले सिजनको पहिलो लिग खेलमै सानदार प्रदर्शन गरेपछि उनको चर्चा बढेको छ । उनी प्लेअर अफ म्याच पनि बनिन् । सावित्रा नेपालबाट युरोपेली लिग खेल्ने पहिलो महिला खेलाडीका रुपमा गएको महिना इजरायल गएकी थिइन् ।

Advertisement
Advertisement

सावित्राले यसअघि एथेना कप खेलेकी थिइन् । तर उनी सम्मिलित हापोएल रानाना सेमिफाइनलबाटै बाहिरिएको थियो । एसिया महादेशमा पर्ने भएपनि इजरायलको क्लबले युरोपपियन फुटबल महासंघ युइएफएमा आबद्ध भएर क्लब फुटबल खेल्दै आएको छ ।

Advertisement

दक्षिण एसियामा नेपालसहित भारत र माल्दिभ्सको लिग खेलिसकेकी सावित्राले पहिलो पटक युरोपियन स्तरको फुटबल खेलिरहेकी छन् । भारतीय महिला लिगमा गोकुलम केरालाको लागि उत्कृष्ट प्रदर्शन गरेकी सावित्राको लागि युरोपियन लिगमा बाटो खुलेको थियो । उनले गोकलुमबाट उपाधि सहित सर्वाधिक गोलकर्ताको अवार्ड समेत जितेकी थिइन् ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top