१६ भदौ ,एजेन्सी ।
इजिप्टमा ३४ देशका ८ हजार बढी सेना र पर्यवेक्षकहरुको सहभागितामा बहुराष्ट्रिय सैन्य अभ्यास शुरु भएको छ । सैन्य अभ्यास शुक्रवारबाट शुरु भएको हो । अभ्यास मोहम्मद नागुइब सैन्य आधारको लडाईं प्रशिक्षण क्षेत्र र इजिप्टका अन्य नौसेना र हवाई अड्डामा हुनेछ । संयुक्त सैन्य अभ्यास सेप्टेम्बरसम्म चल्ने बताइएको छ ।
सहभागी देशका कमाण्डरहरुले तालिममा संलग्न हतियार तथा उपकरणहरुको प्रदर्शनीको निरीक्षण गर्दै विभिन्न देशका सहभागी सेनाको उच्च मनोबलप्रति सन्तुष्ट व्यक्त गरेका छन् । बहुराष्ट्रिय सैन्य अभ्यास १९८० मा इजिप्ट र इजरायलबीच संयुक्त राज्य मध्यस्थता शाीन्त सन्धीको एक भागको रुपमा शुरु भएको थियो । इजिप्टले संयुक्त राज्य अमेरिकाको सहयोगमा प्रत्येक दुई वर्षमा आयोजना गर्दै आएको छ ।
यसैबीच इजिप्टको सबैभन्दा पुरानो यहुदी मन्दिर जीर्णोद्धारपछि पर्यटकका लागि पुनः खुला भएको छ । प्रधानमन्त्री मोस्तफा मदबौलीले बेन एज्रा सिनागोग खुला गरेको इजिप्टको पर्यटन र पुरातात्त्विक मन्त्रालयलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।मन्दिर खुला गरेपछि देशमै पर्यटकीय गतिविधि बढ्ने इजिप्टको आशा छ ।
मन्त्रालयले यहुदी दार्शनीक अब्राहिम बेन एज्राको नाममा राखिएको सिनेगोग १२ औँ शताब्दीको रहेको र योभन्दा पहिला मन्दिरको पुनःनिर्माण सन् १८८० मा गरिएको बताएको छ । यो मन्दिर एक समय इजिप्टमा यहुदीहरूको उत्सव, जमघट स्थल र प्रार्थनाको केन्द्र बनेको थियो । यो मन्दिर सन् १९५० को दशकमा धेरैजसो यहुदी समुदायले छोडेपछि पर्यटकको आकर्षकणमा परेको थियो ।