Nepal Times
Nepal Times
3
Shares

रुसले गर्यो सबैभन्दा घातक न्यूक्लियर मिसाइल तैनाथ

रुसले गर्यो सबैभन्दा घातक न्यूक्लियर मिसाइल तैनाथ

१७ भदौ, एजेन्सी ।
रुसले आफ्नो अन्तरमहाद्विपीय ब्यालेष्टिक मिसाइल(आईसीबीएम) तैनाथ गरेको छ, जसलाई लिएर विश्वस्तरमै हलचल निकै बढेको छ । रुसी अंतरिक्ष एजेन्सी रोस्कोस्मोसका प्रमुखले यसबारे जानकारी दिएका हुन् । यो मिसाइललाई लिएर राष्ट्रपति भ्लादिमिर पुटिनले भनेका छन्, कि मस्कोका दुश्मनहरुले २ पटक सोच्न बाध्य हुनेछन् ।

पुटिनको यो आक्रामक बयानको पनि निकै आलोचना र परिचर्चा भइरहेको छ । रुसका समाचार एजेन्सीहरुले रोस्कोस्मोसका प्रमुख यूरी बोरिसोभलाई उदृत गर्दै प्रकाशित गरेको खबरहरुमा भनेका छन्, कि सरमत मिसाइललाई युद्ध ड्यूटीमा तैनाथ गरिएको छ । सन २०२२ मा युक्रेनमा सेना पठाएको करिब २ महिनापछि भ्लादिमिर पुटिनको निकै महत्वपूर्ण बयान आएको थियो ।

त्यतिबेला उनले भनेका थिए, सरमतले बाहिरी खतराबाट रुसको विश्वसनीय तवरले सुरक्षाको सुनिश्चितता गर्ने छ । यसले ति मानिसहरुलाई २ पटक सोच्न बाध्य बनाउँने छ, जसले आक्रामक बयानबाजीका माध्यमले हाम्रो देशलाई धम्की दिने प्रयास गर्ने छन् । सरमत विभिन्न उन्नत हतियारहरुमध्ये आईसीबीएम हो, जसको निर्माणको घोषणा पुटिनले २०१८ मा गरेका थिए ।

साइलो आधारित यो मिसाइल कयौं परमाणु हतियारहरुलाई एकैसाथ ढुवानी गर्न सक्षम छ । यसको आर–२६ ले आईसीबीएमको स्थान लिने सम्भावना छ, जसलाई उत्तरी एटलान्टिक सन्धी संगठन नेटोले शैतान नाम दिएको छ । यही कारण सरमत आईसीबीएमलाई शैतान २ पनि भनिन्छ ।

सरमतको शुरुवाती प्रक्षेपण चरण कथितरुपमा कम अवधिको छ, जसकारण निगरानी प्रणालीहरुलाई यो पत्ता लगाउन निकै कम समय मिल्ने छ । अर्कोतर्फ रुसको धम्कीका बावजुत युक्रेन गइरहेको तेस्रो मालवाहक पोत बुल्गेरियाको जलक्षेत्रबाट केही पर देखिएको छ । समूद्री अधिकारीहरुले शनिबार यसबारे जानकारी दिएका हुन् ।

युक्रेनका मन्त्री अलेक्संद्र कुबराकोभले भने, कि लाइबेरियाको ध्वज भएको पोत अन्ना टेरेसा मा ५६,००० टन कच्चा फलाम लोड भएको छ । यो शुक्रबार नै युक्रेनी बंदरगाह युझनीबाट रवाना भएको थियो । मार्शल आईल्याण्डको ध्वजाको साथ यात्रा गरिरहेको अर्को पोत ओसन कर्टसी यसै बंदरगाहबाट रवाना भएको थियो । त्यसमा पनि १ लाख ७२ हजार टन कच्चा फलाम रहेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.