अमेरिकामा हिन्दु धर्मको शक्ति बढ्दै, जर्जियामा ठूलो घोषणा

१६ भदौ, एजेन्सी ।
आफूलाई महाशक्ति भनेर चिनाउने अमेरिकामा पछिल्लो समय हिन्दुहरुको वर्चस्व तीव्र गतिमा बढिरहेको छ । अब अमेरिकामा हिन्दुहरुको महत्वको नयाँ प्रमाण देखिएको छ । वास्तवमा, अमेरिकी राज्य जर्जियामा अक्टोबरलाई आधिकारिक रूपमा हिन्दु सम्पदा महिना घोषणा गरिएको छ। जर्जियाका गभर्नर ब्रायन केम्पले अक्टोबरलाई ‘हिन्दु सम्पदा महिना’ घोषणा गरेका छन् ।

राज्यमा हिन्दुहरुको योगदानलाई ध्यानमा राखेर यो निर्णय गरिएको हो । जर्जियाका हिन्दू संगठनहरूले लामो समयदेखि यो माग गर्दै आएका थिए । हिन्दू संसारको तेस्रो ठूलो धर्म हो। विश्वमा १०० करोड मानिस हिन्दू धर्मसँग जोडिएका छन् । अमेरिकामा मात्रै ३० लाख मानिस हिन्दू धर्मसँग जोडिएका छन् ।

हिन्दु सम्पदा, हिन्दु संस्कृति, हिन्दु परम्परा र हिन्दु मूल्य मान्यताको पालना गर्ने मानिसहरूले समस्याको बहुमूल्य समाधान पाउने विश्वास गरिन्छ । हिन्दु अमेरिकी समुदायले जर्जियामा जनताको जीवन उत्थानमा बहुमूल्य योगदान दिएको छ। अक्टोबर २०२३ मा, जर्जिया र अमेरिकाका अन्य भागहरूमा हिन्दु समुदायका मानिसहरूले आफ्नो संस्कृति, आध्यात्मिक परम्परा प्रदर्शन गर्नेछन्।

Advertisement

त्यसैमा केन्द्रित भएर हिन्दु सम्पदा महिना मनाइने भएको हो । वास्तवमा अक्टोबर महिनालाई हिन्दु धर्मावलम्बीहरुको लागि निकै विशेष मानिन्छ । यसको सांस्कृतिक र धार्मिक पहिचान पनि छ । यसै महिनामा बडादशैं आउने भएकाले यो निर्णय पनि महत्वपूर्ण रहेको हिन्दु संगठनका मानिसहरुको भनाइ छ । प्रायः यस महिनामा शुभदीपावली पर्व पनि मनाइन्छ। तर, यसपटक दीपावली १४ नोभेम्बरमा छ ।

अमेरिकाका हिन्दुहरुको संस्था ऋइज्ल्ब् ले जर्जियाका गभर्नरको यो कदमको स्वागत गरेको छ । यस वर्षको सुरुमा जर्जियाको सभाले हिन्दुफोबिया र हिन्दु विरोधी कट्टरताको निन्दा गर्ने प्रस्ताव पारित गरेको थियो । जसमा योगा, आयुर्वेद, ध्यान, संगीत र कलाले अमेरिकी समाजको सांस्कृतिक संरचनालाई समृद्ध बनाउन र लाखौं मानिसको जीवनमा सुधार ल्याउन योगदान गरेको बताइएको छ ।

Advertisement

जर्जियामा मात्रै होइन, अमेरिकाका अन्य राज्यहरूमा पनि हिन्दु चाडपर्वहरू आधिकारिक रूपमा पनि मनाइन्छ। सन् २०२२ मा नै न्यूयोर्कका मेयर एरिक एडम्सले सन् २०२३ अर्थात यस वर्षदेखि न्यूयोर्क शहरका विद्यालयहरूमा शुभदीपावलीमा सार्वजनिक बिदा दिने घोषणा गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top