×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

विश्वकप खेल्ने भारतीय टोलीमा को–को परे?

१९ भाद्र २०८०

१९ भदौ, एजेन्सी ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताका लागि भारतीय टोलीको घोषणा गरिएको छ । विश्वकप क्रिकेटको १३औं संस्करण अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमै आयोजना हुँदैछ । रोहित शर्माको कप्तानीमा विश्वकपका लागि घोषणा गरिएको भारतीय टोलीमा युवा र अनुभवी खेलाडीको समिश्रण रहेको छ ।

हाल श्रीलंकामा एसिया कप खेलिरहेको टोलीका खेलाडीहरुलाई समेटेर नै विश्वकपका लागि भारतीय टोलीको घोषणा गरिएको छ । तर, एसिया कप खेलिरहेका केही खेलाडीलाई भने विश्वकपका लागि घोषित टोलीबाट हटाइएको छ । मध्यक्रमका ब्याट्सम्यान तिलक वर्मा, तीव्र गतिका बलर प्रसिद्ध कृष्णा र सञ्जु सामसनलाई विश्वकपका लागि घोषित टोलीमा समावेश गरिएको छैन ।

Advertisement
Advertisement

घोषित भारतीय टोलीमा रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐयर, इशान किसन, केएल राहुल, हार्दिक पाण्डेया (उपकप्तान), सूर्यकुमार यादव, रविन्द्र जडेजा, अक्सर पटेल, सार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद सामी, मोहम्मद सिराज र कुलदिप यादव रहेका छन् । टीम इन्डियाले आफ्नो पहिलो खेल अक्टोबर ८ मा अष्ट्रेलियासँग चेन्नईमा खेल्नेछ ।

प्रतियोगिताको यस संस्करणमा भारतसहित कुल १० टिम सहभागी छन् । आईसीसीको नियम अनुसार विश्वकपमा सहभागी सबै देशले ५ सेप्टेम्बर सम्ममा आफ्नो टोली घोषणा गर्नुपर्ने थियो । यद्यपि सेप्टेम्बर २७ सम्म टोलीमा परिवर्तन गर्न सकिनेछ । सन् २०११ यता आईसीसी प्रतियोगितामा जितको हिसाबले भारतको कीर्तिमान राम्रो रहेको छैन् ।

भारतले ११ खेलमा एउटा मात्र जितेको छ । उसले पछिल्लो पटक २०१३ च्याम्पियन्स ट्रफीमा सफलता हात पारेको थियो । महेन्द्र सिंह धोनीको कप्तानीमा २०११ को विश्वकप जितेपछि भारतीय टोलीले २०१२ को टि २० विश्वकपमा निराशाजनक प्रदर्शन गरेको थियो। त्यसपछि टोली सुपर–८ बाट बाहिरिएको थियो ।

तर, धोनीले सन् २०१३ मा टोलीको नेतृत्व गर्दै इङ्ल्यान्डमा भएको च्याम्पियन्स ट्रफीमाथि कब्जा जमाएका थिए । उनी टी–२० विश्वकप, एकदिवसीय विश्वकप र च्याम्पियन्स ट्रफी जित्ने एकमात्र कप्तान बनेका छन् । त्यसयता भारतले आईसीसीका हरेक प्रतियोगितामा निराशाको सामना गरेको छ ।

रोहित शर्माको कप्तानीमा भारतीय टोलीले तेस्रो पटक आईसीसी प्रतियोगिता खेल्ने भएको छ । अहिलेसम्म उनले उपाधि उचाल्ने मौका पाएका छैनन् । आईपीएलमा कप्तानको रूपमा पाँच उपाधि जितेका रोहित भारतका लागि ट्रफी जित्न आतुर छन् ।

उनले पहिलो पटक एकदिवसीय विश्वकपमा टोलीको कप्तानी गर्नेछन् । सन् १९७५ यता भारतले १९८३ र २०११ म मात्रै विश्वकप जितेको छ । अहिलेसम्म अष्ट्रेलियाले सर्वाधिक ५ पटक आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top