१९ भदौ, काठमाण्डौ ।
अमेरिकी प्रथम महिला जिल बाइडेनमा कोरोना भाइरसको संक्रमण देखिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनमा जी–२० राष्ट्रको शिखर सम्मेलनमा भाग लिन भारत प्रस्थान गर्नुभन्दा दुई दिनअघि कोरोना संक्रमण पुष्टि भएको हो । यद्यपि, राष्ट्रपति बाइडेनको कोभिड–१९ परीक्षण भने नेगेटिभ आएको छ ।
जिल बाइडेनमा हाल कोभिड–१९ को हल्का लक्षणहरू देखिएका छन् । उनी डेलावेयरको घरमै बस्नेछिन्, भारत आउने छैनन् । गत वर्ष अगस्टमा बाइडेनकी ७२ वर्षीया श्रीमतीलाई पनि कोभिड भएको थियो । श्रीमती जिल बाइडेन कोभिड पोजिटिभ भए पनि राष्ट्रपति बाइडेन जी–२० सम्मेलनको समयतालिका अनुसार भारत आउनेछन् ।
कार्यक्रममा राष्ट्रपतिले कार्यक्रममा सहभागी हुने ह्वाइट हाउसले जानकारी दिएको छ । बाइडेन सेप्टेम्बर ७ मा भारत प्रस्थान गर्नेछन्। सेप्टेम्बर ८ मा नयाँ दिल्लीमा हुने न्द्दण् शिखर सम्मेलनको क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय बैठक पनि गर्नेछन्।यस क्रममा उनले सन् २०२६ मा न्द्दण् सम्मेलनको आयोजकका रुपमा गर्न अमेरिकाको राष्ट्रपतिको रुपमा अगाडि आउनेछ ।
यसैबीच काठमाडौंमा कोरोनाविरुद्धको ‘बुस्टर डोज’ खोप फेरि दिइने भएको छ । बुस्टर डोज खोप लगाउन छुटेकाहरूलाई यही भदौ २५ देखि ३० गतेसम्म अभियानकै रूपमा खोप लगाउन लागिएको हो ।यसअघि पटक–पटक बुस्टर डोज लगाउन अनुरोध गरिए पनि धेरै नागरिक छुटेकाले अभियानकै रूपमा खोप दिन लागिएको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।
सो क्रममा दोस्रो बुस्टर डोज पनि लगाउन सकिनेछ । प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य संस्थाहरू, सामुदायिक विद्यालय, नगर र सरकारी तथा गैरसकारी अस्पतालबाट खोप दिइने कार्यालयले जनाएको छ ।