Nepal Times
Nepal Times
54
Shares

आज नेप्सेमा ६ अंकको गिरावट

आज नेप्सेमा ६ अंकको गिरावट

१९ भदौ ,काठमाडौँ ।
निरन्तर ओरालो यात्रामा रहेको नेप्से सूचक मंगलबार थप ६.४५ अंकले घटेर १९ सय ६१.३७ अंकको विन्दुमा ओर्लिएको छ । नेप्सेमा सूचिकृत अधिकांश सूचक ऋणात्मक हुँदा यस दिन कारोबार रकममा समेत अनपेक्षित गिरावट आएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज दोस्रो बजारको सेयर कारोबार ७९ करोड ६८ लाख ७० हजारमा खुम्चिदा जम्मा २४ लाख ८० हजार कित्ता सेयर मात्र किनबेच भएको छ । आज म्यानु एण्ड प्रो र ट्रेडिङ समूहको उपसूचक बाहेक बाँकी ११ वटा उपसूचक ऋणात्मक भएका छन् ।

तथापि, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने निरुदी लघुवित्त वित्तीय संस्थाको मूल्य ९.८५ प्रतिशतले बढेको छ ।तर यता आरबीबी म्युचुअल फन्ड २ को मूल्यमा नेगेटिभ सर्किट लागेको छ भने लिबर्टी ईनर्जी कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले घटेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.