आज सन्दीपको सुनुवाइ, फैसला हुन्छ कि सर्छ ?

२० भदौ ८०, बिहीबार

२१ भदौ,काठमाण्डौ ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा विचाराधीन बलात्कार सम्बन्धी मुद्दाको अन्तिम सुनुवाइका लागि बिहीबार न्यायाधीश शकुन्तला कार्कीको इजलासमा पेशी तोकिएको छ । यसअघि पटक–पटक अन्तिम फैसलाका पेसी तोकिए पनि फैसला नभइ सर्दै आएको मुद्दाको आज (बिहीबार)लाई पेसी तोकिएको थियो। सन्दीपको मुद्दामा यसअघि भदौ १० गते पेसी तोकिएकोमा हेर्न नभ्याउने हुँदै सरेको थियो।

भदौ १० गतेको पेसी सरेपछि सन्दीप एसिया कप क्रिकेट खेल्न पाकिस्तान गएका थिए। पाकिस्तान र श्रीलंकामा एसिया कप क्रिकेट खेलेर राष्ट्रिय क्रिकेट टोली नेपाल फर्किसकेको छ। भदौ १० गते अगाडि सन्दीपको मुद्दामा साउन ३२ गते (बिहीबार) सुनुवाइ भएको थियो।

उक्त दिन काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित किशोरी (गौशाला २६)की आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएको थियो। पीडित किशोरीकी आमाको जन्ममिति एउटा कागजातमा २०३५ र अर्को कागजातमा २०३३ रहेको पाइएपछि अदालतले जन्ममिति प्रमाणीकरण गर्न भनेको हो।

न्यायाधीश खतिवडाको साउन ३२ गतेको इजलासले मुद्दाको नियमित सुनुवाइ गर्ने निर्णय समेत गरेको थियो। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका लामिछानेविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो। सर्वोच्च अदालतले फास्ट ट्र्याकबाट मुद्दाको सुनुवाइ गर्न भनेपनि जिल्ला अदालत काठमाडौंमा पटकपटक मुद्दाको पेशी सर्दै आएको छ ।

आज न्यायाधीशले पन्छाएनन् भने अन्तिम बहस हुनेछ । अहिलेसम्म यो मुद्दा अन्तिम सुनुवाइ हुन तयार भएपछि पनि जिल्ला अदालत काठमाडौंका दश न्यायाधीशको इजलासमा घुमिसकेको छ । अन्तिम सुनुवाइमा पेसीमा चढ्न थालेको सात महिना पुगे पनि बहस सुन्ने र फैसला सुनाउने आँट न्यायाधीशहरूले गर्न सकेका छैनन् ।

कतिपय न्यायाधीशले समय हुँदाहुँदै पनि ’हेर्न नभ्याइने’ भनेका छन् त कतिपयले बहसै सुनिसकेपछि पनि ’हेर्न नभ्याइने’ भनेर पन्छाएका छन् । कतिपयले भने सरकारी वकिललाई स्थगित गर्न समेत लगाएका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top