सुनको भाउ बढ्दा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?

२२ भदौ ८०, शुक्रबार
Share this
839shares

२२ भदौ, काठमाडौं ।

Advertisement

साताको अन्तिम दिन अर्थात् शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।

अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला चार सय रुपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला तीन सय रुपैयाँ बढेको हो।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने घटेको छ।बिहीबार प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १४ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top