विराटनगर : स्नातकोतर क्याम्पस विराटनगरको प्रमुखको कार्यकक्षमा तालाबन्दी भएको छ । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ क्याम्पस इकाई र प्रगतिशील प्राध्यापक संघले प्रमुखको कार्यकक्षमा शुक्रबारदेखि अनिश्चितकालिन तालाबन्दी गरेको हो । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।
क्याम्पस प्रमुख मनोजकुमार राउतको पदावधि शुक्रबारदेखि नै सकिएको छ । नयाँ प्रमुख नियुक्ति प्रक्रियामा जुनियरलाई ल्याउन खोजेको भन्दै तालाबन्दी गरिएको प्रध्यापक संघ इकाई सभापति डा. चक्रपाणि खनालले जानकारी दिए ।