विराटनगरको स्नातकोतर क्याम्पसमा प्रध्यापकले गरे तालाबन्दी

विराटनगरको स्नातकोतर क्याम्पसमा प्रध्यापकले गरे तालाबन्दी

विराटनगर : स्नातकोतर क्याम्पस विराटनगरको प्रमुखको कार्यकक्षमा तालाबन्दी भएको छ । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ क्याम्पस इकाई र प्रगतिशील प्राध्यापक संघले प्रमुखको कार्यकक्षमा शुक्रबारदेखि अनिश्चितकालिन तालाबन्दी गरेको हो । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

क्याम्पस प्रमुख मनोजकुमार राउतको पदावधि शुक्रबारदेखि नै सकिएको छ । नयाँ प्रमुख नियुक्ति प्रक्रियामा जुनियरलाई ल्याउन खोजेको भन्दै तालाबन्दी गरिएको प्रध्यापक संघ इकाई सभापति डा. चक्रपाणि खनालले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.