शंकरले चीनमा उठाए चुच्चे नक्सा, चीनले के भन्यो ?

२४ भदौ ८०, सोमबार

२५ भदौ, एजेन्सी ।
चीन भ्रमणमा रहेका नेकपा एमालेका महासचिव शंकर पोखरेलले हालै चीनले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नसमेटिएको नेपालको चुच्चे नक्साको विषय बारे उच्च राजनीति नेतृत्वको ध्यानाकषण गराएका छन् । पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियनचाओसँग भेटवार्ता गरी चुच्चे नक्साको विषय बारे जानकारी गराएका हुन् ।

सोमबार बेइजिङमा भएको भेटमा सन् १८१६ मा भएको सुगौधी सन्धिले निर्धारण गरेअनुसार नेपालको नक्सा संसदबाट पास गरेर औपचारिक रुपमा जारी गरेको उनले स्मरण गराएका छन् । त्यही कारण नेपालले दबाब र अप्ठ्याराहरुको पनि सामना गर्नु परेको भन्दै उनले भनेका छन्, ‘हामीले जारी गरेको नक्साको सन्दर्भमा हामी सोही अनुसार चीनको पनि साथ चाहन्छौं । चीन सरकार र चिनियाँ कम्युनिष्ट पार्टीको साथ चाहन्छौं ।’

नेपाल एक चीनको पक्षमा दृढ रहेको र नेपालको भूमिबाट चीन विरोधी गतिबिधि गर्ने कामलाई अस्वीकार गर्ने उनले बताए । एमाले महासचिव पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका रुपमा गरेको चीन भ्रमण र चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा भएका सहमति तथा सम्झौता छिटो कार्यान्वयनको पक्षमा रहेको बताएका छन् ।

Advertisement

भ्रमण दलका सदस्यसमेत रहेका पत्रकार राजेश राईका अनुसार विदेश विभाग प्रमुख लिउ जियनचाओले एक चीन नीतिमा दृढ रहेकोमा धन्यवाद दिएका छन् भने दुई पार्टीको सम्बन्ध सुमधुर रहेको र यसलाई नयाँ उचाइमा लैजान चाहेको समेत उनले बताएका छन् ।

Advertisement

चीन र नेपालबीच घनिष्ठ सम्बन्ध नचाहने शक्तिहरु पनि रहेको भन्दै उनले भनेका छन्, ‘राज्यस्तरमा रहेका हाम्रो घनिष्ठ सम्बन्धलाई जनस्तरमा बलियो बनाउन एमाले र सीपीसीको सम्बन्धलाई अझ बलियो बनाउनु पर्छ।’

केही समयअघि चीनले जारी गरेको नयाँ नक्साका विषयमा भारत, ताइवान, मलेसिया, फिलिपिन्स लगायत ६ देशले विरोध जनाएका छन् भने चुच्चे नक्सा नसमेटिएको विषयमा नेपाल सरकारले पनि कुटनैतिक संवाद गर्ने बताएको छ । यस विषयलाई आसन्न चीन भ्रमणमा प्रधानमन्त्री प्रचण्डले गम्भिरताका साथ उठाउने पनि प्रधामन्त्रीको दल नेकपा माओवादी केन्द्रले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top