फुटबलमाथि कालो बादल, एन्फामा राजनीति

२४ भदौ ८०, सोमबार

२५ भदौ, काठमाण्डौ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजबिक्रम नेम्बाङ र महासचिव किरण राईलाई बर्खास्त गर्न माग गरिएको छ। एन्फामा अबद्ध ४९ सदस्य संघ तथा क्लबले अध्यक्ष नेम्बाङ र महासचिव राईलाई बर्खास्त गर्न माग गर्दै निवेदन दिएका हुन्। सदस्यहरूले एन्फाको विधान धारा ३६ (३) अनुरुप एन्फाका ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित विशेष साधारणसभा बोलाउनका लागि निवेदन दिएको बताएका छन्।

विशेष साधारणसभामा अध्यक्ष नेम्बाङ र महासचिव राईलाई बर्खास्त गर्ने एजेन्डा राख्न उनीहरूले लेखेको निवेदनमा उल्लेख छ। ४० प्रतिशत सदस्यको निवेदनपछि अब २३ असोजसम्ममा विशेष साधारणसभा बोलाउनु पर्ने एन्फाको विधान उल्लेख छ। एन्फाले साधारणसभा नबोलाएमा आफूहरुले साधारणसभा आह्वान गर्ने पनि सदस्यहरुले लेखेको निवेदनमा उल्लेख छ।

साधारणभामा दुई तिहाइ मत पुगेको अवस्थामा मात्र बर्खास्त हुन सक्ने प्रावधान छ। उनीहरुले एन्फाका अध्यक्ष र महासचिव नेपाली फुटबललाई धरासयी बनाउन उद्दत रहेको र उनीहरु पदमा रहे नेपाली फुटबलको भविष्यमा नै क्षति पुग्ने निवेदकको आरोप छ। उनीहरुले अध्यक्ष र महासचिवमाथि १९ आरोप समेत लगाएका छन्।

Advertisement

जसमा विशेष साधारणसभा भर्चुअलमार्फत गर्न आह्वान गरेको, बजेट पास नगरी अनाधिकृत रुपमा बिनाआवश्यक अख्तियारी आर्थिक करोबार गरेको, बोर्ड बैठकबाट अवैधानिक निर्णय गरेको लगायतका छन्। असार २०७९ मा एन्फाको अध्यक्ष चुनिएका नेम्वाङ कार्यकालको सुरुदेखि नै विवादमा पर्दै आएको छ ।

पछिल्लो विवाद भने विशेष साधारण सभा अनलाइनमार्फत गर्ने निर्णयलाई लिएर भएको थियो । ए डिभिजन क्लबहरुले भौतिक उपस्थितिमै साधारणसभा गर्नुपर्ने माग गरेका थिए । तर एन्फाले आइतबार अनलाइनमार्फत साधारण सभा गर्न खोजेपनि बहुमत सदस्य उपस्थित भएनन् ।

Advertisement

सोमबार पनि अनलाइनमार्फत साधारण सभा राखिएको थियो, तर बहुमत सदस्यले अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि सुरु हुन सकेन । एन्फा प्रवक्ता सुरेश शाहले भने विज्ञप्ती जारी गर्दै सदस्यहरुको विशेष सल्लाह सुझाव बमोजिम एन्फा अध्यक्षले साधारण सभा स्थगित गरेको दाबी गरेका छन् ।

अविश्वासको प्रस्ताव दर्ता गर्नेहरुले भने अध्यक्ष नेम्वाङ स्वतः निलम्बनमा परेकाले अब वरिष्ठ उपाध्यक्षले ३० दिनभित्र विशेष साधारणसभा बोलाउनु पर्ने बताएका छन् । विधानले साधारण सभालाई अध्यक्ष, उपाध्यक्ष, महासचिव, सदस्य सहितलाई बर्खास्त गर्ने अधिकार दिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top