आज नेप्सेमा ४४ अंकको वृद्धी

२५ भदौ ८०, सोमबार
Share this
792shares

२५ भदौ, काठमाडौं ।

Advertisement

सोमबार सेयर बजार परिसूचक नेप्से ४४.३० अंकले बढेको छ । सबै उपसमूहमा हरियाली छाएको बजारमा कारोबार रकम भने एक अर्ब ५१ करोड ८३ लाख ४३ हजार रुपैयाँ रह्यो ।सोमबार बजारमा २७८ कम्पनीको ४७ लाख ४२ हजार ५११ कित्ता सेयर खरिद बिक्री हुँदा २१२ कम्पनीको सेयर मूल्य बढेको छ ।

११ कम्पनीको सेयर मूल्य घट्यो भने ५ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन ।होटल, ट्रेडिङ र फाइन्यान्स उपसमूहमा उछाल आएको बजारमा ४ कम्पनीको सेयर मूल्य बढेर सकारात्मक सर्किट तहमा पुग्यो । थ्री स्टार, मेन्छियम र मोलुङ हाइड्रोपावरको सेयर मूल्य सर्किट लेबलमा बढेको थियो ।

Advertisement

ती कम्पनीको सेयर मूल्य क्रमशः ९९८,९.९७ र ९.८७ प्रतिशतले बढेको छ । यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य पनि ९.८५ प्रतिशतले बढ्यो ।सोमबारको बजारमा सिद्धार्थ इन्भेष्मेन्ट ग्रोथ, नेपाल बैंक डिबेञ्चर ८.५ र राष्ट्रिय वाणिज्य बैंक म्युचुअल फण्डले धेरै गुमाउन पुगे ।

दोस्रो बजारमा साल्ट ट्रेडिङको सेयर सबै भन्दा धेरै कारोबार हुने कम्पनी रह्यो । ६ करोड २५ लाख बराबरको उक्त कम्पनीको सेयर कारोबार भएको छ । दोस्रो धेरै कारोबार ५ करोड ७१ लाख बराबरको एभरेष्ट बैंंकको भएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top