×

NEPAL TIMES UPDATES

Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026

सुन्तलाबारीमा जन्मिएर मनमनमा बसेका नेम्वाङ

२६ भाद्र २०८०

२६ भदौ, विराटनगर ।

संविधान सभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको ह्दयघातका कारण निधन भएको छ । सरकारले नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने र एक दिन बिदा पनि दिने निर्णय गरेको छ । नेम्वाङको निधन देशकै लागि अपुरणीय क्षति भएको भन्दै राष्ट्रपति, प्रधानमन्त्री, पूर्व राष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्री लगायत सबै राजनीतिक दलका नेताहरुले श्रद्धान्जली अर्पण गरेका छन् ।

Advertisement
Advertisement

२००९ साल फागुन २८ मा इलामको सुन्तलाबारीमा जन्मिएका एमाले नेता नेम्वाङ २०८० भदौ २६ गते काठमाडौंमा सधैका लागि अस्ताएका छन् । २०४८ र २०५२ सालमा गरी २ पटक राष्ट्रिय सभाको सदस्य भएका नेम्वाङ इलामबाट २०५६ सालदेखि निरन्तर संसदीय चुनावमा विजयी हुँदै आएका थिए ।

२०६४ सालको संविधानसभा निर्वाचन र ०७० को दोस्रो संविधानसभा निर्वाचनमा इलाम– २ बाट विजयी भएका नेम्वाङले संविधानसभा अध्यक्षको महत्त्वपूर्ण जिम्मेवारी पूरा गरेका थिए । उनकै अध्यक्षतामा नेपालले ७ दशक पछि संविधानसभाबाट जनताको संविधान प्राप्त गरेको थियो । उनी इलामबाट ५ पटक सांसदमा निर्वाचित भएका थिए । शालीन र भद्र नेताका रूपमा चिनिने नेम्वाङ आफ्नो राजनीतिक जीवनमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्य प्रशासन मन्त्री र संसद्को सार्वजनिक लेखा समितिको सभापतिसमेत भएर काम गरेका थिए ।

२०६२/०६३ को जनआन्दोलनपछि पुनर्स्थापित संसद्मा सभामुख र पहिलो तथा दोस्रो संविधानसभामा अध्यक्षको रूपमा नेम्वाङले खेलेको नेतृत्वदायी र अनुकरणीय भूमिका निर्वाह गरेका थिए । पछिल्लो पटक उनी ०७९ माघ १० गते राष्ट्रपति पदमा एमालेका तर्फबाट उम्मेदवार बने पनि पराजित भएका थिए ।

२०७९ मंसिरमा भएको संसदीय निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यमा नेम्वाङ निर्वाचित भएका थिए । विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका नेम्वाङ २०२९ सालमा महेन्द्ररत्न बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट स्ववियु सभापति निर्वाचित भएका थिए । उनी २०३३ सालमा राजकाज मुद्दामा जेलसमेत परेका थिए ।

२०४७ सालमा तत्कालीन नेकपा माले र नेकपा मार्क्सवादी पार्टीबिच एकता भएपछि बनेको नेकपा एमालेमा नेम्वाङ पनि आबद्ध भए । त्यसपछि २०५४ को छैटौँ महाधिवेशनदेखि पार्टी केन्द्रीय कमिटी सदस्य चुनिएका नेम्वाङ २०७१ सालमा भएको एमालेको नवौँ महाधिवेशनपछि स्थायी कमिटी सदस्य र २०७८ साल मंसिरमा चितवनमा सम्पन्न दशौँ महाधिवेशनमा उपाध्यक्ष निर्वाचित भएका थिए । एमाले संसदीय दलको उपनेता समेत रहेका नेम्वाङ प्रायः सहमति र सहकार्यको राजनीतिका पक्षमा वकालत गर्ने गर्थे ।

२०६२/०६३ को जनआन्दोलनपछि पुनर्स्थापित संसद्मा सभामुख र पहिलो तथा दोस्रो संविधानसभामा अध्यक्षको रूपमा नेम्वाङले खेलेको नेतृत्वदायी र अनुकरणीय भूमिका निर्वाह गरेका थिए । उनी २०६३ देखि ७२ सम्म ४ पटक सभामुख बनेका थिए ।

विसं २०३२ देखि २०६३ सम्म भएको राजनीतिक आन्दोलनमा पटकपटक गरी सात महिना थुनामा रहेका नेम्वाङ २०५१ सालमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सामान्य प्रशासनमन्त्री, सार्वजनिक लेखासमितिको सभापतिको जिम्मेवारी सम्हालेका थिए । त्यसैगरी विसं २०३५ देखि २०४२ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापन गरेका नेम्वाङ वरिष्ठ अधिवक्तासमेत थिए ।

Advertisement

नेपालको शान्ति प्रक्रिया र संविधानसभाबाट नेपालको संविधान जारी गराउन नेम्वाङको महत्त्वपूर्ण भूमिका थियो । संविधान निर्माण गर्ने बेलामा विभिन्न असहमत पक्ष तथा विषयवस्तुमा छलफल र संवादको माध्यमबाट सहमतिमा पुग्नुपर्छ भन्ने तर्क अघि सार्ने नेम्वाङले दलहरूलाई एकै ठाउँ राखेर असहमतिका बुँदाहरूमा सहमति जुटाउने निरन्तर प्रयास गरेका थिए ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top