×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

गृहयुद्धमा परेको लिबिया बाढीले तहसनहस

२८ भाद्र २०८०

२८ भदौ, एजेन्सी ।
केही वर्षसम्म अमेरिका र रुसको रणनैतिक युद्ध रणनीतिले गृहयुद्धमा फसेको लिबिया यतिबेला प्राकृतिक महाविपत्तको समाना गरिरहेको छ । लिबियाको बाढी प्रभावित डर्ना शहरमा बाढीमा परी २० हजार मानिसका मृत्यु भएको आशंका गरिएको छ । अहिलेसम्म पाँच हजार तीन सय जनाको मृत्यु भएको पुष्टि भइरहेको बेला डर्ना शहरका मेयरले २० हजार मानिसको ज्यान गएको हुनसक्ने बताएका हुन ।

डर्नाका मेयर अब्दुलमेनाम अलगैतीले साउदी अरबको टेलिभिजनलाई शहर र आसपासका क्षेत्रका अवस्था हेर्दा १८ हजारदेखि २० हजार मानिसको ज्यान गएको अनुमान लगाउन सकिने बताएका हुन । बाढीमा परी ज्यान गुमाएकाहरुलाई ठूलो क्षेत्रमा सामुहिक रुपमा गाडिएको छ । सुनामीपछि भएको भीषण वर्षाले निम्त्याएको बाढीले डर्नालगायतका शहरलाई ध्वस्त बनाएको छ ।

Advertisement
Advertisement

हजारौं मानिसहरु अहिले पनि वेपत्ता रहेका छन् । लिविया सरकारले दश हजार हराएको तथ्यांक सार्वजनिक गरेको छ भने ३० हजार विस्थापित भएको बताएको छ । बाढीले सवैतिर अस्तब्यस्त बनाएकाले खोजी, उद्धार तथा पुनस्थापना प्रभावित भएको अन्तर्राष्ट्रिय आप्रवासन संगठनले जनाएको छ । बाढीले नदीका बाँधहरू भत्काएर पूर्वी तटीय सहरलाई तहसनहस पारेको छ।

लिबियामा आएको विनाशकारी बाढीले गरेको विनासबारे विश्वव्यापी चिन्ता फैलिँदै जाँदा धेरै राष्ट्रहरूले युद्धग्रस्त देशलाई मद्दत गर्न तत्काल सहायता र उद्धार टोलीहरू पठाउने प्रस्ताव गरेका छन्। संयुक्त राष्ट्र संघका एक अधिकारीले ‘ठूलो अनुपातको विपत्ति’ भनेका छन्।

करिब एक लाख मानिस बसोबास गर्ने भूमध्यसागरीय तटीय शहर डेर्नामा बाढीले ठूलो विनाश निम्त्याएको छ। नदी किनारमा रहेका बहुतले भवनहरू ढलेका छन्। घर र सवारीका साधनहरु पानीको उग्र वहावसँगै विलिन भएका थिए। ग्रीस, बुल्गेरिया र टर्कीमा आइतबार आएको आँधी ‘डेनियल’को मुसलधारे वर्षाका कारण बाढी आएको हो।

Advertisement

बेन्गाजीबाट २५० किलोमिटर (१५० माइल) पूर्वमा पर्ने डेर्ना पहाडहरूले घेरिएको छ र गर्मी याममा सामान्यतया सुख्खा नदीको किनारमा विभाजित छ। तर यो माटो–खैरो पानीको उग्र धारमा परिणत भएको छ, जसले धेरै प्रमुख पुलहरू पनि बगाएको छ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top