दीपक—दीपाको १० करोडको सिनेमा हल कस्तो छ ?

२८ भदौ ८०, शुक्रबार

२९ भदौ, काठमाण्डौ ।

अभिनेता तथा चलचित्र निर्माता दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले आईएनआई सिनेमा हल सञ्चालनमा ल्याएका छन् । बानेश्वरस्थित एनबी सेन्टरमा आईएनआई सिनेमाको फ्रेन्चाइजअन्तर्गत सिनेमा हल सञ्चालनमा ल्याइएको हो । गिरी, निरौला र शर्माले १० करोड रुपैयाँ लागतमा सिनेमा हल निर्माण गरेका हुन् ।

कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार हरिवंश आचार्यले चलचत्रि बनाउनु पनि तपस्या गरे सरह रहेको बताए । उनले आम दर्शकलाई चित्त बुझाउने काम भनेको एउटा तपस्वीले तपस्या गरेर बल प्राप्त गरेको सरह भएको जिकिर गरे । उनले पहिला नामका लागि काम गरेपनि पछि नामसँगै पैसा कमाउन थालिएको तर समयलाई चिन्नुपर्ने आवश्यकता औंल्याए ।

Advertisement

आफूहरुले गर्न नसकेको काम सिनेमा हल सञ्चालन गरेर दीपक र दीपाश्रीले कलाकारको सपना पूरा गरेकोमा खुशी व्यक्त गरे । कार्यक्रममा बोल्दै अभिनेता तथा निर्माता दीपकराज गिरीले नेपाली चलचित्र उद्योगले सरकारबाट आवश्यक सुविधा नपाएको गुनासो गरे । उनले निर्माताले चलचत्रि भवनबाट प्राप्त गर्ने पैसा निर्माता र प्रदर्शकको बराबर हुनुपर्ने बताए ।

Advertisement

 

दीपकले आफ्नो सिनेमा हलबाट हलबाट प्रदर्शक र निर्माताले बराबर पैसा पाउने घोषणा गरे । गिरीले हलमा दुइटा अडिटोरियम हल रहेको जानकारी दिए । हललाई नेपालको दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईले व्यवस्थापन गरेको छ ।

दीपकराज गिरी र दीपाश्री निरौलाले चलचित्र क्षेत्रबाट कमाएको केही पैसा यही क्षेत्रमा लगानी गर्ने सोचका कारण सिनेमा हल बनेको बताएका छन् । १० करोड रुपैयाँ लगानी रहेको हलबाट ५० प्रतिशत सेयर निर्मातालाई दिने दीपकले बताए ।

चलिरहेको नेपाली सिनेमा आफूले ननिकाल्ने पनि उनले बताए । नयाँबानेश्वर–शंखमुल रोडमा निर्माण भएको सिनेमा हल महलको माथिल्लो दुई तलामाथि निर्माण गरिएको छ । दुईवटा स्क्रिन रहेको सिनेमा हलमा ३८७ सिट रहेका छन् । सिनेमा हलमा दीपकसँगै दीपाश्री निरौला, निर्मल शर्मालगायत ‘छक्का पञ्जा’ टिमको कम्पनीको लगानी रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top