प्रधानमन्त्रीले अमेरिका र चीनमा के गर्नेछन् ?

२८ भदौ ८०, शुक्रबार

२९ भदौ, काठमाण्डौ ।
प्रतिनिधिसभा बैठक दुई साताका लागि स्थगन गरिएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले असोज १४ गते दिउँसो १ बजे बस्ने गरी बैठक स्थगन भएको जानकारी दिए । त्यसअघि प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघको महासभा तथा चीन भ्रणको विषयमा सदनलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्रीका अनुशार अमेरिकामा अल्पविकसित राष्ट्रहरूको समूहको अध्यक्षको हैसियतमा नेपालले ४७ वटा मुलुकको प्रतिनिधित्व गर्दै साझा चासोका विषयहरूमा विभिन्न मञ्चमा धारणाहरू राख्ने छ । उनले असोज ४ गते महासभालाई सम्बोधनगर्ने छन् । उनी महासभाका दौरान आयोजना हुने विभिन्न उच्चस्तरीय बैठकहरूमा सहभागि हुनेछन् ।

उनले महासचिव एन्टोनियो गुटेरस लगायत विभिन्न मित्र राष्ट्रका राष्ट्रप्रमुख एवं सरकार प्रमुखहरूसँग द्विपक्षीय र बहुपक्षीय भेटवार्ता गर्ने छन् । प्रधानमन्त्री असोज २ मा अमेरिकाका राष्ट्रपतिले आयोजना गर्ने जलपान कार्यक्रममा समेत सहभागी हुने तय भएको छ । उनी अमेरिकाबाटै असोज ५गते छिमेकी चीनको औपचारिक भ्रमणका लागि हाङ्गजाउ जाने कार्यक्रम तय भएको छ ।

Advertisement

यस भ्रमणले नेपाल–चीनबीच विद्यमान द्विपक्षीय सम्बन्ध थप उच्च र प्रगाढ हुनेछ भन्ने विश्वास आफूले लिएको उनले बताएका छन् । उनले हाङ्गजाउमा नै चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटघाटको कार्यक्रम रहेको छ । यस्तै सोही दिन म १९ औं एसियन गेमको समुद्घाटन समारोहमा सहभागी हुनेछन् । त्यस्तै २५ सेप्टेम्बरमा बेइजिङ्गमा समकक्षी छियाङ्सँग मेरो भेटघाट तथा द्विपक्षीय वार्ताको कार्यक्रम रहेको छ ।

त्यसपछि उनी कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमै उच्च सफलता हासिल गरेको चीनको छोङछिङ्ग महानगरपालिकामा रहेको छोङछिङ्ग एकेडमी अफ एग्रीकल्चरल साइन्स क्षेत्रहरूको अवलोकन गर्ने कार्यक्रम रहेको छ । उनी चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने र त्यहाँका उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गरी नेपालफर्कने कार्यक्रम रहेको छ ।

Advertisement

प्रधानमन्त्री प्रचण्डको न्युयोर्क र चीन भ्रमणपछि फर्केर बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रधानमन्त्रीले न्युयोर्क भ्रमणअघि संक्रमणकालीन न्याय सम्बन्धि बेपत्ता नागरिक खोजीबीन, सत्य निरुपण तथा मेलमिलाप विधेयक प्रतिनिधि सभामा पेश गर्न चाहेका थिए ।

तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहमत नभएपछि १६ दिनपछि बस्नेगरी बैठक स्थगित भएको छ । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८ औं महासभालाई सम्बोधन गर्न शनिबार न्ययोर्क जाँदैछन् ।

उनी उतैबाट असोज ४ गते चीन जानेछन् । टीआरसी विधेयकमा सहमति जुटाउन बनाइएको ११ सदस्यीय उपसमितिले लगभग सबैमा सहमति जुटाइसकेको छ । तर, एमाले अध्यक्ष ओलीले सहमति नदिएकै कारण उपसमितिले अन्तिम प्रतिवेदन लेख्ने काम जारी राखेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top