तीनकुनेमा सामूहिक हत्या प्रकरण : अनुसन्धान गर्न एसएसपीको नेतृत्वमा समिति गठन

२९ भदौ ८०, शनिबार

३० भदौ ,काठमाडौं ।

काठमाडौंको तीनकुनेस्थित दिव्या सःमिलमा भएको सामूहिक हत्या प्रकरणको अनुसन्धान गर्न प्रहरीले समिति गठन गरेको छ।शुक्रबार राति सःमिल हाताभित्र भएको विभत्स हत्याको छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआइजी दीपक थापाले पाँच सदस्यीय अनुसन्धान समिति गठन गरेका हुन्।

कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरको नेतृत्वमा परिसर र बानेश्वर वृत्तका प्रहरी अधिकारी सदस्य रहनेगरी समिति गठन गरिएको छ।

Advertisement

समितिमा जिल्ला प्रहरी परिसरका काठमाडौंका डिएसपी हरि खतिवडा, रानीपोखरीका डिएसपी सुवास खड्का, अपराध अनुसन्धान कार्यालयका डिएसपी सुरक्षा केसी र प्रहरी वृत्त वानेश्वरका इन्सपेक्टर विरेन्द्र केसी सदस्य छन्।

समितिलाई घटनाको सुक्ष्म अनुसन्धान गरी यथाशिघ्र प्रतिवेदन बुझाउन काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख दीपक थापाले निर्देशन दिएका छन्।सःमिलमा भएको सामुहिक हत्याबारे प्रहरीले मध्यराति १२ बजे खबर पाएको थियो।

Advertisement

त्यसपछि परिचालन भएको प्रहरी टोलीले सःमिलका सुरक्षागार्ड दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी आमा र श्रीमतीसहित २० वर्षीय नवीन राईलाई मृत फेला पारेको थियो।नवीनका आफन्त पर्ने २८ वर्षीय दीपेन्द्र राईलाई प्रहरीले नियन्त्रणा लिएर सोधपुछ गरिरहेको छ।

उनैले हिजो प्रहरी कार्यालय पुगेर घटनाबारे जानकारी दिएका थिए। सोधपुछकै लागि प्रहरीले अन्य ४ जनालाई पनि नियन्त्रणमा लिएको छ।चारै जनाको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top