फेरी बढ्यो सुन र चाँदीको भाउ,कतिमा हुदैछ कारोबार ?

३१ भदौ ८०, सोमबार

१ असोज ,काठमाडौं ।

सोमबार स्थानीय बजारमा सुन र चादीको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुन र चाँदीको मूल्य बढेको हो।स्थानीय बजारमा आज छापावाल सुनको मूल्य एक लाख १२ हजार पाँच सय रूपैयाँ निर्धारण गरिएको छ। आइतबार प्रतितोला एक लाख १२ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

आइतबारको तुलनामा सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँ महँगो भएको छ।त्यस्तै तेजावी सुनको मूल्य सोमबार एक लाख ११ हजार ९५० रूपैयाँमा कारोबार भएको छ। आइतबार एक लाख ११ हजार ७५० रूपैयाँमा कारोबार भएको थियो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंस १९ सय ३० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement

सोमबार स्थानीय बजारमा चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार सोमबार प्रतितोला चाँदीको कारोबार प्रतितोला १४ सय पाँच रूपैयाँमा भएको छ। आइतबार १३ सय ९५ रूपैयाँमा कारोबार भएको थियो। जसअनुसार चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले बढेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top