Nepal Times
Nepal Times
99
Shares

सन्दीपविरुद्धको मुद्दाको पेसी आजपनि स्थगित

सन्दीपविरुद्धको मुद्दाको पेसी आजपनि स्थगित

१ असोज, काठमाण्डौ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेको जबरजस्ती करणी सम्बन्धी मुद्दाको सुनुवाइ सोमबार पनि स्थगित भएको छ। यसअघि यो मुद्दा पटक–पटक पेसी चढ्ने अनि स्थगित हुने हुँदै आएको छ। सोमबार भने एक न्यायाधीश बिदामा बसेपछि लामिछानेको मुद्दा स्थगित गराइएको हो।

गोला प्रथाद्वारा अदालतमा मुद्दाको तय हुने गरेको भए पनि कुनै न्यायाधीश बिदामा रहँदा उसको बेन्चमा परेको पेसी स्थगित गरिने गरिन्छ । त्यही कारण सन्दीपको मुद्दा पनि बिदामा रहेका न्यायाधीशकोमा गोलाबाट पेसी परेपछि स्थगित भएको हो। सन्दीपको मुद्दा केशव घिमिरेको इजलासमा पेसी तोकिएको थियो।

उनी बिदामा भएका कारण आजको सुनुवाइ स्थगित भएको हो। यसअघि गत २१ भदौमा पछिल्लो पटक सन्दीपको पेसी रहेको थियो। उक्त दिन न्यायाधीश सकुन्तला कार्कीको इजलासमा बादी पक्षले दिनभर बहस गरेपछि उनले बसाइँ–सराइको कागजको ढड्डा झिकाउन आदेश दिएपछि अन्तिम फैसला हुन पाएन।

अदालतले माग गरेको विवरण पेस भएपछि तोकिएको पेसी पनि स्थगित भएको छ। काठमाडौं जिल्ला अदालतलाई शीघ्र सुनुवाइ फास्ट ट्र्याकबाट गर्ने भनेपछि हालसम्म तथा निरन्तर सुनुवाइ (कन्टिनियस हेयरिङ) का प्रक्रिया अवलम्बन गरी छिटो कारबाही किनारा गर्नू भनी आदेश दिएको पाँच महिना बितिसक्दा पनि मुद्दाले किनारा पाउन सकेको छैन।

सन्दीपविरुद्ध २०८९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी पेको थियो । उक्त मुद्दामा यसअघि थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर, जिल्लाको आदेशविरुद्ध सन्दीप उच्च अदालत पाटन पुगेका थिए ।

पुनरावेदन सुनुवाइमा उच्च अदालतले सन्दीपलाई विदेश जान नपाउनेसहित विभिन्न सर्त राखेर २० लाख धरौटीमा रिहा गरेको थियो । तर, सन्दीपले विदेश जान अनुमति माग्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । सर्वोच्चले विदेश जान नपाउने सर्तलाई बदर गर्दै धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेशलाई सदर गरेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.