आज सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढ्यो

५ असोज ८०, शुक्रबार
Share this
754shares

५ असोज ,काठमाडौं ।

Advertisement

साताको अन्तिम दिन अर्थात् शुक्रबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।बुधबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यस दिन पनि निरन्तरता पाएको हो।बुधबार प्रतितोला दुई सय रुपैयाँ, बिहीबार प्रतितोला तीन सय रुपैयाँ र शुक्रबार प्रतितोला चार सय रुपैयाँ गरी तीन दिनमा सुनको भाउ प्रतितोला नौ सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।बिहीबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने बढेको छ।बिहीबार प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १४ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ बढेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top