‘प्रकाश’लाई सर्वाेत्कृष्ट फिल्म घोषणा नगरिएको भन्दै अदालतमा

४ असोज ८०, शुक्रबार

५ असोज, काठमाण्डौ ।
यस वर्षको राष्ट्रिय चलचित्र अवार्डमा कुनै पनि ‘सर्वोत्कृष्ट चलचित्र’ को विधा गायब पारिएको विषय अदालतमा पुगेको छ । चलचित्र ‘प्रकाश’ को टिमले पाटन उच्च अदालतमा आज मुद्दा दायर गरेको हो । फिल्म ‘प्रकाश’का निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी र फिल्म छायांकन भएको ठाउँ जुम्लाका स्थानीय मीनराज आचार्यले चलचित्र विकास बोर्डलाई विपक्षी बनाइ बिहीबार उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका छन् ।

रिटमा उत्कृष्ट फिल्मको विधामा अवार्ड वितरण नगर्नुको कारण र जुरी कमिटीको निर्णयको सक्कल प्रति सार्वजनिक गर्नु पर्ने माग गरिएको छ । भदौ १२ गते राष्ट्रपति कार्यालयमा वितरण भएको राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट फिल्म घोषणा नभएको विषयमा विभिन्न क्षेत्रबाट आलोचना समेत भयो ।

फिल्म अवार्डमा उत्कृष्ट फिल्मको विधा सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । तर, राष्ट्रिय अवार्डमा पहिलोपटक यही विधा गायब भयो । राष्ट्रिय अवार्डको जुरी टिमले ‘प्रकाश’को नाम उत्कृष्ट फिल्ममा सिफारिस गरेको तर सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डले सरकारमा रहेको पार्टी (माओवादी केन्द्र) लाई नकारात्मक रुपमा चित्रित गरेको फिल्मलाई अवार्ड दिन नमिल्ने भन्दै उत्कृष्ट फिल्मको विधा नै गायब बनाइएको चर्चा छ ।

Advertisement

यस विषयमा बोर्डले अहिलेसम्म आधिकारिक धारणा राखेको छैन । प्रमुख विधामा नै अवार्ड वितरण नहुने भएपछि जुरी संयोजक राजेन्द्र सलभ कार्यक्रममा सहभागी भएनन् । ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा ‘प्रकाश’ले उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेत्री विधामा भने अवार्ड जितेको थियो । जुरी टिमले उत्कृष्ट फिल्ममा ‘प्रकाश’को नाम सिफारिस गरेर पनि अवार्ड वितरण नभएपछि अभिनेता प्रदीप खड्काले सञ्चारमन्त्री रेखा शर्मासँग भेट गरेका थिए । उक्त भेटमा मन्त्री शर्माले खड्कालाई अवार्ड वितरणमा मन्त्रालयले कुनै पनि हस्तक्षेप नगरेको स्पष्ट पारेकी थिइन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top