हेटौंडामा डाक्टर कुट्ने थप एक जना पक्राउ

४ असोज ८०, शुक्रबार

५ असोज, काठमाण्डौ ।

Advertisement

हेटौंडामा सञ्चो अस्पतालमा डाक्टरलाई कुटपिट गर्ने थप एक जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा सिग्रेनीका ३६ वर्षीय जीवन लामा भन्ने जीवन जिम्बा छन्।उनलाई हटौंडाबाट खटिएको प्रहरी टोलीले रातोमाटेमा हिँडिरहेको अवस्थामा शुक्रबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले जानकारी दिए।

उनका अनुसार यसअघि भदौ २८ गते चार जना र दुई दिनअघि एक जना गरी पाँच जनालाई नियन्त्रणमा लिइसकिएको छ। पक्राउ पर्नेमा लामासहित ६ जना पुगेका छन्।हेटौंडा-१२, पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको उपचारको क्रममा मृत्यु भएको भन्दै अस्पतालमा कार्यरत डा. विकास थापा र डा.प्रशान्त विडारीमाथि कुटपिट भएको थियो।उनीहरूले २८ गते जाहेरी दिएका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top