माल्दिभ्सलाई ४–१ले हराउँदै नेपाल सेमिफाइनलमा

७ असोज ८०, सोमबार

८असोज, काठमाण्डौ ।

आयोजक नेपाल साफ यू–१९ च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ अन्तर्गत सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोलअन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा सुनिश्चित गरेको हो । दुई मध्ये एक खेलमा जित तथा एक खेलमा हार भोगेको नेपाल उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो ।

नेपालले पहिलो खेलमा पाकिस्तानसँग १–० को पराजय भोगेको थियो । यता एक खेलमा जित तथा एक खेलमा बराबरीको नतिजा निकालेको पाकिस्तान भने समूह विजेताको रुपमा अघिल्लो चरणमा प्रवेश ग¥यो । दुई खेलबाट केवल एक अंक जोडेको माल्दिभ्स भने प्रतियोगिताबाट बाहिरिएको छ । समूह ‘बी’ बाट भारत र भुटान सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

Advertisement

बंगलादेश भने बाहिरिसकेको छ । सोमबार माल्दिभ्सविरुद्ध नेपाललाई जित दिलाउन प्रशान्त लक्समले १८ औँ तथा समिर तामाङले ३० औँ मिनेटमा गोल गरे । त्यसपछि ३५ औँ मिनेटमा नेपालका सुजन डंगोल र माल्दिभ्सका कप्तान मोहमद इयान हसन रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।

५८ औँ मिनेटमा माल्दिभ्सका एडम लायान राशिदले एक गोल फर्काए । ८८ औँ मिनेटमा निराजन धामीले नेपालका लागि तेस्रो गोल गरे । दोस्रो हाफको इन्जुरी समयमा समिर तामाङले नेपालका लागि चौँथो गोल थपे । खेलको अन्त्यमा माल्दिभ्सका खेलाडीहरुले रेफ्रीसँग विवाद समेत गरेका थिए ।

विवादपछि माल्दिभ्सका खेलाडीलाई रातो कार्ड दिइएको थियो । माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ। नेपालले फाइनलमा प्रवेशका लागि अब भारत वा भुटानसँग खेल्नेछ। समूह बीको विजेता टुङ्गो लगाउन सोमबार साँझनै भारत र भुटानबीच प्रतिस्पर्धा हुदैछ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top