आज नेप्सेमा दोहोरो अंकको वृद्धी

८ असोज ८०, मंगलबार

९ असोज,काठमाडौं ।

मंगलबार नेप्से परिसूचक १८.४५ अंकले बढेको छ। यसदिन नेप्से ०.९२ प्रतिशतले बढेर २०२२.९१ बिन्दुमा बन्द भएको छ।मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।गत कारोबार दिन १ अर्ब ५६ करोड ५५ लाख ७३ हजार ४७१ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर २ अर्ब ९ करोड ३८ लाख ९ हजार ५१८ रुपैयाँ पुगेको छ।

यस दिन २८६ वटा धितोपत्रको ८७ लाख ४ हजार ४७७ कित्ता सेयर किनबेच भएको हो।मंगलबार तीन वटा जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।मेन्छियाम हाइड्रोपावर र मनकामना इन्जिनियरिङको मूल्य १० प्रतिशतका दरले बढेर प्रतिकित्ता मूल्य क्रमशः २८३ रुपैयाँ ८० पैसा र २४७ रुपैयाँ ५० पैसा र शुभम् पावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ९३५ रुपैयाँ ५० पैसा पुगेको छ।

Advertisement

सेयर मूल्य सर्वाधिक घट्नेमा हिमालयन लघुवित्त रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ५.८७ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ७०६ रुपैयाँ पुगेको छ।यस्तै, थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य ५.५७ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ४१९ रुपैयाँमा सीमित भएको छ।

मंगलबार एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ।उक्त कम्पनीको प्रतिकित्ता ७८८ रुपैयाँ ६० पैसामा ८ करोड ३४ लाख बराबरको सेयर कारोबार भएको हो।यो मूल्य अघिल्लो दिनको तुलनामा ०.४३ प्रतिशत घटेको हो।सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ।

Advertisement

उक्त कम्पनीको प्रतिकित्ता ४७८ रुपैयाँ १० पैसामा ७ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन समूहको परिसूचक ०.१८ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।यसदिन जलविद्युत समूहको परिसूचक सर्वाधिक ३.०९ प्रतिशतले बढेको हो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top