क्रिकेटरमाथि लगाइएको बलात्कारको आरोप झुटो

१० असोज ८०, बिहीबार

११ असोज, एजेन्सी ।
अस्ट्रेलियामा टी–२० खेल भइरहेका बेला एक महिलालाई बलात्कार गरेको आरोप लागेका श्रीलंकाली क्रिकेटर दानुष्का गुनातिलकालाई अदालतले सफाइ दिएको छ। ३२ वर्षीय दानुष्का गुनातिलकाविरुद्ध गत वर्ष नोभेम्बरमा टिन्डर डेटमा एक महिलामाथि उनकै घरमा गएर यौन दुर्व्यवहार गरेको आरोप थियो। सुरुवातमा उनलाई कैयौं आरोप लगाइएको थियो।

उनीमाथि यौन सम्पर्कलाई असुरक्षित बनाइएको आरोप समेत लगाइएको थियो । अस्ट्रेलियाको न्यू साउथ वेल्सकी जिल्ला अदालतमा चार दिनसम्म चलेको सुनुवाइमा रिट दायर गर्ने महिलाले क्रिकेटरलाई सुरक्षित सम्बन्ध बनाउन भनेको बयान दिएकी छिन्। दानुष्काले सम्पर्कका बेला जबरजस्ती चुम्बन गरेको र श्वास लिन कठिन हुँदा आफूलाई ज्यानको खतरा महशुस भएको पनि महिलाले बताएकी छन्।

यद्यपि, दानुष्काले आफूमाथि लगाइएका यी आरोप अस्वीकार गरेका थिए। उनका वकिलले आदालतमा दिएको दलिलमा आरोप लगाउने महिलाले अदालतमा समय समयमा बयान बदल्ने गरेको उल्लेख छ । दानुष्काले प्रहरीसँग सही बयान दिएको अदालतले ठहर गरेको छ । रिट दायर गर्ने महिलाले बयानमा दुई प्रकारका कुरा गरेकी छन् ।

Advertisement

श्रीलंकाका लागि आठ टेस्टसहित १०० म्याच खेलिसकेका दानुष्कालाई गिरफ्तारीपछि निलम्बन गरिएको थियो। अदालतको बाहिर उनले भनेका थिए, ‘यो फैसलाले सबै कुराको बयान गर्छ। म खुशी छु कि मेरो जिन्दगी फेरि सामान्य हुनेछ । अब म फेरि क्रिकेट खेल्नका लागि उत्साहित छु।’ नेपाली क्रिकेटर सन्दीप लामिछानेमाथि पनि जबरजस्ती करणीको आरोप लागेको छ ।

केही समय थुनामा समेत रहेका सन्दीपलाई अदालतले धरौटीमा छाडेपनि उनीविरुद्ध मुद्धाको अन्तिम सुनुवाई भने हुन् सकेको छैन् । लामो समयदेखि जिल्ला अदालत काठमाडौंमा विचाराधीन उनीविरुद्धको मुद्धाको सुनुवाई पटक पटक सर्दै आएको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका लामिछानेविरुद्ध ०७९ कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

आज ५ प्रदेशमा भारी वर्षा, भोलिसम्मै पानी पर्ने

mausam-2075-12-18-768x388

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

सम्बन्धित समाचार

Scroll to Top