अमेरिकामा ४० लाख कर्मचारीको तलब भत्ता रोकिँदै

१३ असोज, एजेन्सी ।
अमेरिका सट डाउनले संकट बढाएको छ । संघीय सरकारका लागि एक महिनाको खर्च रकम (स्टपग्याप) जारी गर्न ल्याइएको विधेयक अमेरिकी संसदको तल्लो सदनबाट शुक्रबार अस्वीकृत भए पछि अमेरिकामा थप संकट बढेको हो । यो विधेयकमार्फत आइतबारदेखि आंशिक बन्दबाट बच्न सकिन्छ भन्ने सुनिश्चित गर्न लागिएको थियो ।

तर अमेरिकी संसदको रिपब्लिकन बहुल प्रतिनिधि सभाले राष्ट्रपति जो बाइडेनको प्रशासनको खर्च धान्न आंशिक रूपमा केही रकम उपलब्ध गराउने प्रस्तावलाई १९८ विरुद्व २३२ मतले अस्वीकृत ग¥यो । विशेष कुरा के छ भने यो विधेयक रिपब्लिकन सांसदहरुले ल्याएका हुन् ।

यस प्रस्तावमा बाइडेन प्रशासनको खर्चमा ३० प्रतिशतले कटौती गर्ने र ३० दिनको मात्र खर्च धान्न कोष जारी गर्ने गरी संसदहरुलाई सहमतिका लागि थप समय दिने प्रस्ताव गरिएको थियो । संघीय सरकारको काम ठप्प हुँदा तल्लो सदनका सदस्यहरुले के कस्ता कदम चाल्ने हो भन्ने अझै स्पष्ट भएको छैन् ।

Advertisement

डेमोक्र्याटको बहुमत रहेको सिनेटले यस सम्बन्धमा छुट्टै विधेयक ल्याउने तयारी गरिरहेको छ । यद्यपि तल्लो सदनका सभामुख केभिन म्याकार्थीले भने कि सदनले विधेयकलाई अनुमोदन नगर्ने बताए । रिपब्लिकन समर्थित बिल अस्वीकृत भएपछि मिडियासँग कुरा गर्दै म्याकार्थीले भने, ‘यो अझै अन्त्य भएको छैन, तिनीहरूसँग अन्य समाधानहरू पनि छन्।’ यद्यपि उनले नयाँ उपायहरूको बारेमा जानकारी साझा गरेनन् ।

म्याकार्थी पनि रिपब्लिकन पार्टीका हुन् । यदि अमेरिकी सांसदहरू यस सम्बन्धमा छिट्टै सहमतिमा पुग्न सकेनन् र खर्चको लागि रकम भेटिएन भने राष्ट्रिय निकुञ्ज सेवा बन्द हुनेछ । धितोपत्र तथा विनिमय आयोगले आफ्ना अधिकांश नियामक गतिविधिहरू बन्द गर्नु पर्ने हुन्छ भने ४० लाख संघीय कर्मचारीहरूको तलब संकटको सामना गर्नु पर्नेछ ।

Advertisement

समाचार अनुसार अमेरिकामा अक्टोबर १ देखि शटडाउन लागू भएसँगै अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुनेछन् । अमेरिकी संसदमा खर्चका लागि सरकारलाई रकम उपलब्ध गराउने विधेयक पारित नभएसम्म वा सरकारले थप ऋण लिन स्वीकृति नपाएसम्म यो बन्द जारी रहन सक्छ । यदि यसो भयो भने, यसले अमेरिकी अर्थतन्त्रका साथै विश्वभरका अर्थतन्त्रहरूमा प्रभाव पार्न सक्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top