१६ असोज,काठमाण्डौ ।
नेपालगञ्जमा फेरि स्थानीय प्रशासनले अनिश्चितकालको लागि कर्फ्यु लगाएको छ । हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि कर्फ्यु जारी भएको बाँके प्रहरी प्रमुख एसपी सन्तोष राठौरले जनाकारी दिए । ओमकार परिवार, हिन्दु समाज र शिव सेना नेपालको ¥यालीमा ढुंगामुडा प्रहार भएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले कर्फ्यु जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले मंगलबार दिउँसो १ बजेदेखि लागु हुने गरी कर्फ्यु लगाइएको जानकारी दिए । जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार मात्र जरुरी सूचना जारी गरी धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने गतिविधि नगर्न आग्रह गरेको थियो ।
मंगलबार बिहान नेपालगञ्जमा सामाजिक सद्भावलाई प्रगाढ बनाउने उद्देश्यले विभिन्न धर्मगुरु, जनप्रतिनिधि, नागरिक समाजका अगुवा तथा पेशकर्मीहरू सहितको सहभागितामा सद्भाव ¥याली निकालिएको थियो । नेपालगञ्जको वीपीचोकबाट निकालिएको सद्भाव ¥याली धम्बोझी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
¥यालीमा विभिन्न धर्माका अनुयायी, राजनीतिक कर्मी, नागरिक समाज सम्मिलित सद्भाव ¥याली प्रदर्शन गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताएका छन् । सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबैले आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
सो कोणसभामा नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त विष्ट, हिन्दू धर्मगुरु तथा बागेश्वरी मन्दिरका मूल पुरोहित चन्द्रनाथ योगी, मुस्लिम धर्म गुरु मौलाना जब्बार मञ्जरीलगायतले सम्बोधन गर्दै समाजमा भाइचारा कायम राख्न आग्रह गरेका थिए । नेपालगञ्जलमा मोहम्मद डेको दिन एक स्थानीयले सामाजिक सञ्जालमा इस्लाम धर्मलाई लक्षित गरेर अभिव्यक्ति दिएपछि नेपालगञ्ज अशान्त बन्दै आएको हो ।
उक्त अभिव्यक्तिले इस्लाम धर्ममा आस्था राख्नेहरूलाई चोट पु¥याएको भन्दै दुई दिनअघि नेपालगञ्जमा टायर बालेर उनीहरूले जिल्ला प्रशासनमा नारावाजी गरेका थिए । त्यसको प्रतिवादमा मंगलबार हिन्दू धर्ममा आस्था राख्नेहरूले प्रर्दशन गरेपछि समस्या बल्झिएको हो । दुई दिनदेखि सहरमा नारावाजी भइरहेको छ ।
स्थितिलाई सहज बनाउन सम्बद्ध सरोकारवालाहरू लागिपरेका छन् । यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद धवलशमशेर राणाले नेपालगञ्जमा सद्भाव कायम गर्न अपिल गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर उनले भने, ‘सद्भावको शहरमा अशान्ति नफैलाउन नेपालगञ्जबासीहरुलाई अनुरोध गर्दछु ।’
उनले सरकारलाई हिंसाका घटनालाई नियन्त्रणमा लिन समेत आग्रह गरेका छन् । साइबर क्राइमलाई प्रभावकारी कारबाहीको दायरामा ल्याउन उनको माग छ । ‘सरकारलाई अनुरोध छ– हिंसाको घटनाहरु तुरुन्तै कन्ट्रोलमा ल्याउनुपर्यो । यो सबैको जड मोबाइल हो । साइबर क्राइमलाई तुरुन्तै कारबाहीको दायरामा ल्याउनुप¥यो ।’