प्रधानमन्त्री भेट्न सिंहदरबार पुगे ओली, के भयो कुरा ?

१९ असोज ८०, शनिबार

२० असोज, काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । आज बिहानै ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए । त्यहाँ दुईबीच भेटवार्ता भएको हो ।

भेटमा पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल भएको बताइएको छ । भेटका क्ररममा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलगायत समसामयिक राजनीतिका बारेमा छलफल भएको छ । यसैबीच नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले प्रधानमन्त्री प्रचण्ड नसच्चिने हो भने तुरुन्तै सरकार छाड्न लल्कारेका छन् ।

उनले प्रचण्डको सरकार राम्रोसँग चल्न नसकेको आरोप लगाएका छन् । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले यो सरकार सच्चिन जरुरी रहेको र यदी सच्चिन नसक्ने भए प्रधानमन्त्री प्रचण्डले सरकार छोडेर बाटो खुला गर्नु पर्ने तर्क गरे । उनले अब कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने बताए ।

Advertisement

देशमा जताततै अराजकता रहेको उल्लेख गर्दै यसलाई कांग्रेसबाहेक अरुले सम्हाल्न नसक्ने दाबी गरे । कोइरालाले प्रधानमन्त्रीले पार्टीको सभापतिले जस्तो दुई लाख मान्छे सडकमा उतार्छु, २०८४ मा माओवादीलाई जिताउँ म जातिय राज्य दिन्छुजस्ता अराजक अभिव्यक्ति दिएको आरोप लगाए ।

कोइरालाको प्रश्न छ,” राज्य गोजीबाट निकालेर दिने हो ?” गैर जिम्मेवार अभिव्यक्ति प्रधानमन्त्रीबाट आउनु नेपालीका लागि दुर्भाग्य रहेको उनको भनाइ छ । “कुनै पनि तरिकामा देश ठिक ढंगले अघि बढेको छैन । त्यसैले यो सरकार सच्चिनुपर्छ । सच्चिन सक्दैन भने छोड्नुपर्छ,” उनले भने, “यसबाहेक विकल्प छैन ।

Advertisement

कांग्रेसले मात्रै यी अराजकताहरूलाई समाप्त गर्नसक्छ ।” यस्तै नेता कोइरालाले कांग्रेस एक ढिक्का भएर आगामी निर्वाचन एक्लै लड्नुपर्ने पनि बताए । उनले पार्टी सभापति शेरबहादुर देउवासँग विवाद नभएको तर विधिसम्मत हिंड्नु पर्ने बताए ।

नेता कोइरालाले मतदातालाई समेत प्रश्न गरेका छन्, ‘नेतालाई सुध्रनुस भन्नुहुन्छ, भोट हाल्नेबेला तपाईंहरु सुध्रनुभो ?’ उनले भने । प्रत्यक्षमै समावेशी आरक्षण सुनिश्चित गरेर समानुपातिकको व्यवस्था हटाउनु पर्ने उनको भनाइ छ । राष्ट्रिय सभालाई पूर्ण समावेशी र प्रतिनिधि सभा २४० सदस्यीय प्रत्यक्ष निर्वाचित हुनुपर्ने उनले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top