जलवायुजन्य प्रकोपले पिसियो फिलिपिन्स

२० असोज, एजेन्सी ।
जलवायुजन्य प्रकोपले दक्षिणपूर्वी एसियाली मुलुक फिलिपिन्स चरम मारमा परेको छ । जलवायुसम्बन्धी विपद्का कारण फिलिपिन्समा सन् २०१६ देखि २०२१ सम्ममा झण्डै एक करोड बालबालिका विस्थापित भएका संयुक्त राष्ट्रसङ्घीय बाल कोष (यूनिसेफ) ले जनाएको छ ।

सार्वजनिक प्रतिवेदनको तथ्याङ्कअनुसार फिलिपिन्समा पाँच वर्षको अवधिमा बाढी, आँधीबेहरी, खडेरी र डढेलोका कारण ९७ लाख बालबालिका विस्थापित भएका छन् । फिलिपिन्समा बर्सेनि औसत २० वटा आँधीबेहरी आउने गरेका छन् । विपद्का बेला विस्थापित हुँदा सबैभन्दा जोखिममा बालबालिका पर्ने गरेका युनिसेफले जनाएको छ ।

फिलिपिन्सका लागि युनिसेफका प्रतिनिधि ओयुनसाइखान डेन्डेभनोरोभले जोखिममा रहेका बालबालिकाको संरक्षण र विस्थापितलाई सहयोग गर्ने प्रयासलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । फिलिपिन्समा आउँदो ३० वर्षमा आँधीबेहरीका कारण थप २५ लाख बालबालिका विस्थापित हुने खतरा रहेको अनुमान गरिएको छ ।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top