इन्डियन आइडलमा नेपालकी मेनुकालाई गोल्डेन माइक,गीत सुनेर निर्णायक रोए

२० असोज ८०, आइतबार

२१ असोज, काठमाण्डौ ।
इन्डियन आइडल सिजन–१४को पहिलो एपिसोडमा नेपाली गायिका मेनुका पौडेलले दिएको प्रस्तुतिले यतिबेला निकै तारिफ बटुलिरहेको छ। मेनुकाले गाएको ‘तुम्हारे बिना हमरा कोनो नही’बोलको क्लासिकल भजनबाट निर्णायकहरूको मन मात्र जितिनन्, उनीहरूलाई उनले पटक–पटक रुवाउकी छिन् ।

मेनुकाले उक्त प्रस्तुतिबाट गोल्डेन माइक पनि जितेकी छन्। जजहरू श्रेषया घोसाल, विशाल डिडलानी र कुमार सानुले स्टान्िडङ अवेसन समेत दिएका थिए। साथै मेनुकाले जज श्रेयासँग उनकै गीतसमेत गाएकी थिइन्। स्टान्डिङ अवेसनपछि भावुक हुँदै विशालले भने, ‘हामी संगीतकार जुन कुरालाई पुज्छौं नि, त्यो आज आँखा अगाडि देखिरहेका छौं ।

Advertisement

म जुन चिजलाई पुज्छु त्यो तिमी आफैं हौ । श्रेया रोइरहेकी छिन् । म रोइरहेको छु । यसको मतलब हामीले संगीतलाई आज मनैदेखि सरी भन्नुपर्छ ’ त्यस्तै श्रेयाले आफूहरूभित्रको संगीतप्रतिको स्पष्टता र निर्दोशिता जगाइदिएको बताइन् । मेनुकालाई धन्यवाद दिँदै आशिसले थपे,‘तिमीले मेरो लागि धेरै काम गरिदियौ ।

Advertisement

आजको दिनदेखि म जुन संगीत बनाउँछु, त्यो फरक हुनेवाला छ । जसको कारण तिमी हौ ।’ कार्यक्रममा मेनुकाले विशालको कम्पोजिसनमा गाउने चाहना पनि व्यक्त गरेपछि यदि आफ्नो भाग्यमा त्यस्तो सहकार्य लेखेको छ भने अवश्य हुने उनले बताएका छन् । मेनुका दृष्टिबिहीन हुन्।

२५ वर्षकी मेनुकाले विसं २०७५मा भारतको रिपालिटी शोमा सारेगमपमा पनि भाग लिएकी थिइन्। उनी टप ११बाट बाहिरिएकी थिइन् । झापाको हल्दीबारीमा जन्मिएकी मेनुकाले यसअघि नेपाल आइडलमा पनि भाग लिएकी थिइन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top