Nepal Times
Nepal Times
45
Shares

अफगानिस्तानमा फेरि शक्तिशाली भूकम्प

अफगानिस्तानमा फेरि शक्तिशाली भूकम्प

२४ असोज, एजेन्सी ।
अफगानिस्तानमा फेरि शक्तिशाली भुकम्प गएको छ । स्थानीय समयअनुसार बिहान ५ बजे १० मिनेट जाँदा ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गएको शनिबार पनि अफगानिस्तानको हेरात सहरदेखि २ किलोमिटर उत्तरमा केन्द्रबिन्दु भएर ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको थियो । त्यो भूकम्पमा परी १२ सय भन्दा भन्दा धेैरैको ज्यान गएको छ ।

शनिवारको भुकम्पले हेरात सहदेखि ४० किलोमिटर परका कयौँ गाउँहरू ध्वत पारेको थियो । आजको भूकम्पले पुर्याएको क्षतिका विवण आउन भने बाँकी छ । भूकम्प पीडितलाई खानेकुरा, कम्बल लगायतका सामग्री अभाव भएको खबरहरुमा उल्लेख छ । शनिवारको भूकम्पपछि घर गुमाएका मानिसहरू खुला आकाशमुनि सुतिरहेका बेला अर्को भूकम्प गएको हो ।

अफगानिस्तान भूकम्पको एकदमै उच्च जोखिममा छ किनभने यो भारतीय र युरेशियाली प्लेटहरू भेट हुने कैयौँ फल्टलाइनमाथि अवस्थित छ । जमिनमुनि पृथ्वीभित्र रहेका टेक्टोनिक प्लेटमा अकस्मात् हलचल हुँदा भूकम्प जान्छ । प्लेटहरू ठोक्किएपछि बनेका चिरालाई ’फल्टलाइन’ भनिन्छ ।

संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला संयोजन निकायका अनुसार विगत एक दशकमा अफगानिस्तानमा भूकम्पका कारण ७,००० जनाभन्दा बढीले ज्यान गुमाएका छन् । औसतमा प्रत्येक वर्ष ५६० जनाको मृत्यु भएको छ । जापान र दक्षिण अमेरिकाका अरू देशहरूमा अफगानिस्तानमा भन्दा बढी भूकम्प जाने गर्छ । तर अफगानिस्तान विशेष रूपमा उच्च जोखिममा छ किनभने त्यहाँ घरहरू भूकम्पप्रतिरोधी छैनन् ।

त्यहाँ काठ र माटोको इँटले वा कमजोर कङ्क्रिटले घर बनाइन्छ । भूकम्पका कारण पहाडहरूमा जाने पहिरोले पनि ठूलो क्षतिहरू गराउँछ । त्यसले पहाडमा अवस्थित गाउँहरूमा रहेका घरहरू बगाउनुका साथै नदीहरू अवरुद्ध पारेर भीषण बाढी पनि आउन सक्छ ।

कतिपय अवस्थामा भूकम्प गएको खबर अधिकारीहरूसमक्ष पुग्न कैयौँ दिन पनि लाग्न सक्छ । पहिरोले सडक बन्द गराउन पनि सक्छ जसले उद्धारकर्ता र उद्धार सामग्री दुर्गम पहाडी भेगसम्म पु¥याउन समय लाग्छ । वर्षा वा हिउँ, तुवाँलो र एकदमै चिसोजस्ता चरम मौसमी अवस्थाले उद्धारका प्रयासलाई बारम्बार प्रभावित तुल्याइरहन्छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.