हमास सक्ने अमेरिकाकोअठोट ,ब्लिन्केन जोर्डन र इजरायलको भ्रमणमा

Share this
750shares

२४ असोज,एजेन्सी ।
अमेरिकी हतियार बोकेको विमान इजरायलको एअर बेसमा पुगेको छ । इजरायली सेनाका अनुसार अमेरिकाबाट आएको यो पहिलो युद्ध विमान हो । बीबीसीका अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन आज जोर्डन र इजरायलको भ्रमणमा निस्कँदै छन् । ब्लिन्केन इजरायल पुग्नुअघि नै हतियार र लडाकु विमान इजरायल पुगिसकेका खबरमा उल्लेख छ ।

Advertisement

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग पटक पटक टेलिफोन कुराकानी गरेर अमेरिकाले हतियार, विमान, रक्षा मिसाइल लगायत सबै प्रकारका सहयोग गर्ने वाचा गरेका छन् । बाइडेनले अब कहिल्यै पनि युद्ध नदोहोरिने गरी हमास समूहलाई सखाप पार्न आग्रह गरेको पनि खबरमा उल्लेख छ ।

मंगलबार राति ह्वाइट हाउसबाट सम्बोधन गर्दै बाइडेनले अमेरिका इजरायलको साथमा रहेको बताए । इजरायलमा १४ अमेरिकी नागरिक मारिएका छन् । इजरायलसँग यस आक्रमणको जवाफ दिने अधिकार छ। यससँगै उनले इजरायललाई दिँदै आएको सहयोग दोब्बर बनाउने घोषणा गरेका छन् ।

Advertisement

बाइडेनले भनेका छन्, यो आतंकवाद हो, तर दुखको कुरा यहूदी जनताका लागि यो कुनै नयाँ कुरा होइन। अमेरिकी विदेश मन्त्रालयले इजरायलसँग ऐक्यबद्धता देखाउन आज विदेशमन्त्री एन्टोनी ब्लिन्केन इजरायल प्रस्थान गर्ने जनाएको छ । उनी बिहीबार इजरायल पुग्ने अपेक्षा गरिएको छ ।

गएको शनिवार बिहान प्यालेस्टाइनको हमास समूहले इजरायलमा गरेको आक्रमणमा १२ सय जना इजरायलीको ज्यान गएको छ । हमासको आक्रमणपछि तीव्र रूपमा जवाफी कारबाही गरेको इजरायलले गाजा क्षेत्र ध्वस्त बनाइदिएको छ ।

Advertisement

गाजामा अहिलेसम्म नौ सय ५० जनाको ज्यान गएको र १५ सय जना जनाभन्दा धेरै हमास लडाकुको ज्यान गएको इजरायली दाबी छ । इजरायलले गाजामा एउटा संरचना पनि बाँकी नराख्ने घोषणा गरेको छ । पानी र खाद्यान्नमा समेत नाकाबन्दी लगाएका कारण गाजाको जनजीवन कष्टकर बनेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top