Nepal Times
Nepal Times
306
Shares

इजरायल बाट २५४ विद्यार्थी बेलुका ९ः१० बजे नेपाल आइपुग्ने

इजरायल बाट २५४ विद्यार्थी बेलुका ९ः१० बजे नेपाल आइपुग्ने

२५ असोज,काठमाण्डौ ।
व्यवसायिक फुटबल खेल्न युद्धग्रस्त इजरायल पुगेकी राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य सावित्रा भण्डारी साम्बा स्वदेश फर्किएकी छन् । सावित्रा इजरायली क्लब रानानामा आबद्ध छिन् । उनी आबद्ध भएको क्लबको क्षेत्रमा इजरायल र प्यालेस्टाइनबीचको युद्धको प्रभाव नभए पनि फुटबल गतिविधि ठप्प भएका छन् ।

जसका कारण उनी स्वदेश फर्किएकी हुन् । उनलाई अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता सुरेश साहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । यस्तै इजरायलबाट अन्य नेपाली ल्याउन नेपाल एयरलाइन्सको जहाज गएको छ ।

नेपाल वायुसेवा निगमको ’एननाइन एलवाइजेट’ कलसाइन रहेको वाइडबडी ए–३३० जहाज आज बिहान ४ बजे इजरायलका लागि उडेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । उक्त जहाज बेलुका ९ः१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

जहाजमा परराष्ट्र मन्त्री एनपि साउद र मन्त्रालयका सहसचिव शरदराज आरण पनि इजरायल गएका छन् । जहाज दुबई ट्रान्जिट हुँदै इजरायल जानेछ । त्यहाँ नेपाली राजदूतावासको सम्पर्कमा आएका विद्यार्थीहरूलाई सुरूमा उद्धार गरिने मन्त्रालयकी प्रवक्ता तथा सहसचिव सेवा लम्सालले जानकारी दिइन् ।

प्यालेस्टाइनको इस्लामिस्ट समूह ‘हमास’ले शनिबार आक्रमण गरेपछि १० जना नेपाली विद्यार्थीको समेत मृत्यु भएको थियो । अन्यले बंकरभित्र लुकेर ज्यान जोगाएका थिए । युद्धग्रस्त क्षेत्रबाट फर्कन ३५० भन्दा बढी नेपाली विद्यार्थीले फाराम भरेका थिए ।

आज गएको २७४ यात्रु क्षमताका वाइडबडी विमानमा २५४ जना विद्यार्थी नेपाल फर्कनेछन् । लगत्तै अन्यलाई पनि नेपाल फर्काइने प्रवक्ता लम्सालले जानकारी दिइन् । युद्ध जारी रहेकाले शव ल्याउन भने केही दिन लाग्ने उनले बताएकी छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.