इजरायल बाट २५४ विद्यार्थी बेलुका ९ः१० बजे नेपाल आइपुग्ने

२५ असोज,काठमाण्डौ ।
व्यवसायिक फुटबल खेल्न युद्धग्रस्त इजरायल पुगेकी राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य सावित्रा भण्डारी साम्बा स्वदेश फर्किएकी छन् । सावित्रा इजरायली क्लब रानानामा आबद्ध छिन् । उनी आबद्ध भएको क्लबको क्षेत्रमा इजरायल र प्यालेस्टाइनबीचको युद्धको प्रभाव नभए पनि फुटबल गतिविधि ठप्प भएका छन् ।

जसका कारण उनी स्वदेश फर्किएकी हुन् । उनलाई अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता सुरेश साहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । यस्तै इजरायलबाट अन्य नेपाली ल्याउन नेपाल एयरलाइन्सको जहाज गएको छ ।

नेपाल वायुसेवा निगमको ’एननाइन एलवाइजेट’ कलसाइन रहेको वाइडबडी ए–३३० जहाज आज बिहान ४ बजे इजरायलका लागि उडेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । उक्त जहाज बेलुका ९ः१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

Advertisement

जहाजमा परराष्ट्र मन्त्री एनपि साउद र मन्त्रालयका सहसचिव शरदराज आरण पनि इजरायल गएका छन् । जहाज दुबई ट्रान्जिट हुँदै इजरायल जानेछ । त्यहाँ नेपाली राजदूतावासको सम्पर्कमा आएका विद्यार्थीहरूलाई सुरूमा उद्धार गरिने मन्त्रालयकी प्रवक्ता तथा सहसचिव सेवा लम्सालले जानकारी दिइन् ।

प्यालेस्टाइनको इस्लामिस्ट समूह ‘हमास’ले शनिबार आक्रमण गरेपछि १० जना नेपाली विद्यार्थीको समेत मृत्यु भएको थियो । अन्यले बंकरभित्र लुकेर ज्यान जोगाएका थिए । युद्धग्रस्त क्षेत्रबाट फर्कन ३५० भन्दा बढी नेपाली विद्यार्थीले फाराम भरेका थिए ।

Advertisement

आज गएको २७४ यात्रु क्षमताका वाइडबडी विमानमा २५४ जना विद्यार्थी नेपाल फर्कनेछन् । लगत्तै अन्यलाई पनि नेपाल फर्काइने प्रवक्ता लम्सालले जानकारी दिइन् । युद्ध जारी रहेकाले शव ल्याउन भने केही दिन लाग्ने उनले बताएकी छन् ।

Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top