उपाधि जितेर फर्कियो नेपाली टोली /फेरि भारत र पाकिस्तानसँग खेल्ने

८ कात्तिक ८०, बिहीबार

९ कार्तिक,काठमाण्डौ।
मलेसियामा सम्पन्न एसीसी यू–१९ प्रिमियर कपको उपाधि जितेर नेपाली क्रिकेट टोली आज स्वदेश फर्किएको छ । यूएईलाई हराउँदै फाइनलमा जित निकालेको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्रिकेट एसोसियसन अफ नेपाल (क्यान) का पदाधिकारीहरूले स्वागत गरे ।

खेलाडीहरूको स्वागतपछि टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले पत्रकारहरुसँग कुरा गर्दै अब एसिया कप र विश्वकपका लागि चुनौती खडा भएको बताएका छन् । टमाटाले यु–१९ टोलीले उत्कृष्ट प्रदर्शन गरेको भन्दै जितको सम्पूर्ण श्रेय उनीहरुलाई नै दिने जनाए ।

भविष्यमा उनीहरुको राम्रो संकेत देखिएको बताउँदै उनले भने, ‘केटाहरु सिनियरका लागि नक गर्दैछन् । उनीहरुले गरेको पर्फमेन्सलाई हेरेर ओभरअल क्रेडिट म प्लेअरहरुलाई दिन्छु । किनभने उनीहरुले जुन पर्फमेन्स गरेका थिए, सुपर थियो त्यो ।’ उनीहरुले राम्रो मिहिनेत गरिरहेको भन्दै टमाटाले अब एसिया कप र वर्ल्डकपका लागि चुनौती रहेकाले आवश्यक तयारी गरिरहेको बताए ।

Advertisement

राम्रो माइन्डसेट बनाएको भन्दै उनले क्रिकेट एसोसिएसनसँग बसेर छलफल गर्ने बताए । उनले भने, ‘अब च्यालेन्जको कुरा छ । एसिया कप खेल्दैछौं । एसिया कपको लागि राम्रो कन्ट्रीसँग इन्डियासँग, पाकिस्तानसँग च्यालेन्ज छ ।’ ‘एउटा प्लानिङ गरेको छु एक्सपोजरका लागि । वर्लडकप पनि छ । तयारीका लागि एसिया कप आको छ । ओभरअल राम्रो मान्ड सेटअप छ के–के गर्ने भन्ने कुरा । क्रिकेट एसोसिएसनसँग बसेर अगाडि बढ्छौं,’ उनले भने ।

उनले तिहार पछाडि सिनियर टिमसँग दुई–तीनवटा म्याच खेल्ने वा एक्सपोजरका लागि इन्डिया, बंगलादेश वा श्रीलंकासँग खेल्न सकिने बताएका छन् । आफूले खेलेको पाँचवटै खेलमा विजयी हुँदै नेपालले उपाधि चुमेको हो । प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले जापानलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा एक सय ४४ रनको विशाल अन्तरले हराएको थियो ।

Advertisement

त्यसअघि समूहगत चरणमा पनि नेपालले तीनवटै खेल जितेको थियो । नेपालले आफ्नो पहिलो खेलमा इरानलाई । दोस्रो खेलमा बहराइनलाई र तेस्रो खेलमा साउदी अरेबियालाई हराएको थियो । प्रतियोगितामा १६ वटा राष्ट्र सहभागी थिए । यो प्रतियोगिताबाट तीन वटा टोली यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसीसी यू—१९ एसिया कपमा छनोट भएका छन् ।

छनोट प्रतियोगितामा पहिलो हुने नेपाल र दोस्रो हुने यूएई एसीसी यू—१९ एसिया कपको समूह ‘ए’ मा परेका छन् । पाकिस्तानमा हुने प्रतियोगिताको समूह ‘ए’ मा भारत र पाकिस्तान पनि छन् । मलेसियामा सम्पन्न छनोट प्रतियोगितामा तेस्रो हुने टोली जापान भने एसीसी यू—१९ एसिया कपको समूह ‘बी’ मा परेको छ । पाकिस्तानमा आयोजना हुने प्रतियोगिताको समूह ‘बी’ मा बंगलादेश, श्रीलङ्का र अफगानिस्तान रहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

Portugal-v-Croatia-Round-of-32-FIFA-World-Cup-2026

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top