ट्वान्टी–२० विश्वकप छनोट खेल्ने कस्तो छ नेपाली टोली ?

१० कात्तिक ८०, शनिबार

११ कार्तिक, काठमाण्डौ ।
कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा घरेलु मैदानमै हुने ट्वान्टी–२० विश्वकप खेल्ने १५ सदस्यीय टिम शनिबार घोषणा गरिएको छ । छनोटमा नेपाल समूह ‘ए’ मा परेको छ र नेपालका प्रतिद्वन्द्वी मलेसिया, ओमान र सिंगापुर रहेका छन् ।

मुख्य प्रशिक्षक मोन्टी देसााइले घोषणा गरेको टिममा रोहितसँगै कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, अविनास बोहरा, प्रतिश जीसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी छन् । यसअघि सन्दीप लामिछानेले व्यक्तिगत कारण देखाउँदै ट्वान्टी–२० त्रिदेशीय शृंखला खेलेका थिएनन् ।

सन्दीपले दुई साताअघि सामाजिक सञ्जालमार्फत परिवारलाई समय दिन चाहेको बताउँदै आगामी प्रतियोगिताबाट नाम फिर्ता लिएको बताएका थिए । त्यसैको कारण उनले हङकङ र युएईसँग त्रिकोणात्मक टि२० आई सिरिज गुमाएका थिए । अब सन्दीप आउँदा नेपालको स्पिन आक्रामण मजबुत हुनेछ । सन्दीप विना नेपालले त्रिकोणात्मक सिरिजमा लिगमा युएई र हङकङ दुबैलाई लिगमा हराएको थियो ।

Advertisement

तर फाइनलमा भने नेपाल युएईसँग चार विकेटले पराजित भएको थियो । स्पिनर सन्दीप लामिछाने र ललित नारायण राजवंशी प्रमुख हतियार हुन् । यी दुई स्पिनरमा दीपेन्द्र र कुशल मल्लले साथ दिनेछन् । पार्टटाइममा रोहित पौडेल र कुशल भुर्तेल पनि विकल्प हुन सक्छन् । यस्तै यो टोलीबाट चार खेलाडी बाहिरिएका छन् ।

त्रिकोणात्मक टि२० आई सिरिजबाट स्पिनर सूर्य तामाङ, श्याम ढकाल, सागर ढकाल र युवा ब्याटर लोकेश बम बाहिरिएका हुन् । श्याम ढकालले त्रिकोणात्मक सिरिजमा मुलपानीमा युएईविरुद्ध डेब्यू गरेका थिए । उनले युएई र हङकङसँग खेल्ने अवसर पाएका थिए । सन्दीप लामिछाने नहुँदा लेग स्पिनरको रुपमा उनलाई नेपालले टोलीमा समेटेको थियो ।

Advertisement

तर सन्दीप फर्किएपछि उनले स्थान बनाउन नसकेका हुन् । त्यस्तै युवा ब्याटर लोकेश बम पनि टोलीबाट बाहिरिएका छन् । त्रिकोणात्मक सिरिजमा टोलीमा रहेपनि खेल्ने अवसर पाएका थिएनन् । उनलाई नेपालले प्रशिक्षणमा किपिङमा समेत अभ्यास गराएको थियो । नेपालले अन्तिम १५ मा विनोद भण्डारीलाई राख्ने निर्णय लिँदा लोकेश बाहिरिएका हुन् ।

सूर्य र सागरको भने टोलीमा स्थान बन्न सकेन । नेपालका दुई प्रमुख स्पिनर सन्दीप र ललित नारायण राजवंशी टोलीमा हुँदा उनीहरुको अन्तिम १५ मा स्थान बन्न नसकेको हो । छनोटका खेल काठमाडौंमा सोमबारदेखि सुरु हुँदैछ ।

छनोटमा कुल आठ टिमको सहभागिता रहेको छ र तिनलाई दुई समूहमा विभाजन गरिएको छ । छनोटको शीर्ष दुई स्थानमा रहने टिमले अमेरिका र वेस्ट इन्डिजमा हुने ट्वान्टी–२० विश्वकप–२०२४ मा प्रवेश पाउने छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top