एमडीएमएसमा दर्ता नभएका हजारौं फोन ब्लक हुँदै

१२ कात्तिक ८०, सोमबार

१३ कार्तिक, काठमाण्डौ ।
नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा ल्याउन एक अर्काे प्रयास थालेको छ । केही दिनअघि असोज ४ गते प्राधिकरणले एक सूचना जारी गर्दै १५ दिनभित्र एमडीएमएसमा दर्ता नभएको फोन दर्ता गर्न आग्रह गरेको छ ।

“यदि १५ दिनभित्र एमडीएमएस प्रणालीमा दर्ता नभएमा उक्त मोबाइल ह्यान्डसेटमा नियमानुसार मोबाइल दूरसञ्चार सेवा अवरुद्ध हुने,” प्राधिकरणले सूचनामा भनेको छ । एमडीएमएसमा आईएमईआई नम्बर दर्ता नभएका फोनहरु गैरकानुनी तरिकाले भित्रिएको हुने प्राधिकरणको भनाइ छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले हालै नेपाल भित्रिएको आइफोन १५ सिरिजकै हजारौँ फोन एमडीएमएसमा दर्ता नभएरै चलिरहेको बताएको छ । पछिल्ला आइफोन र अरु एन्ड्रोइड फोनहरुमा दूरसञ्चार सेवा नचल्ने गरी ब्लक गर्ने तयारी गरिरहेको प्राधिकरणले बताएको हो ।

Advertisement

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दर्ता नभएका आइफोन १५ दर्ता गर्नका लागि आह्वान भइहेको र दर्ता नभएमा ती फोनमा दूरसञ्चार सेवा अवरुद्ध गर्ने तयारी भइरहेको बताए । उनले करिब दुई हजार आइफोन १५ एमडीएमएसमा दर्ता नभएरै सञ्चालनमा रहेको बताएका छन् ।

पटकपटक दर्ता गर्नका लागि आह्वान गर्दा समेत दर्ता नभइरहेको र अब दूरसञ्चार सेवा अवरुद्ध गर्ने स्थिति सिर्जना भएको उनको भनाइ छ । भन्सार पास भएर आउने सबै फोनहरुको आईएमईआई नम्बर एमडीएमएसमा दर्ता भएको हुन्छ । विदेशबाट आउनेले ल्याएका फोनहरु दर्ता गर्नका लागि पनि सरकारले व्यवस्था गरिदिएको छ ।

Advertisement

यीबाहेक कालोबजारीबाट भित्रिने फोनहरुको आईएमईआई नम्बर मात्रै एमडीएमएसमा दर्ता नहुने भन्दै प्रतिबन्ध लगाउनुपर्ने व्यापारीहरुको माग छ । प्राधिकरणले बढीजसो एलिटवर्गका मानिसले चलाइरहेका पछिल्ला आइफोन नै दर्ता नभएको भन्दै पहिलो चरणमा परीक्षणका रुपमा ब्लक (दूरसञ्चार सेवा अवरुद्ध) गर्ने तयारी भइरहेको बताएको छ ।

केही दिनमै दर्ता नभएका आइफोन १५ ब्लक हुने र त्यसपछि अन्य नयाँ फोनहरु पनि ब्लक गर्ने प्राधिकरणको भनाइ छ । यसअघि, नै पनि एमडीएमएसमा दर्ता नभएका करिब ५० लाख फोनहरु सञ्चालनमा रहेका छन् । तीमध्ये केही हजार फोन मात्रै पैसा तिरेर एमडीएमएसमा दर्ता भएका छन् । ती फोनहरु ब्लक गर्ने विषय पनि अन्योलपूर्ण छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top