प्याजमा भारतको भर पर्दा भाउले डाँडा काट्यो

१४ कार्तिक, एजेन्सी ।

भारत सरकारले स्थानीय बजारमा बढ्दो मूल्यलाई नियन्त्रण गर्न प्याज निर्यातमा प्रतिटन ८ सय अमेरिकी डलरको न्युनतम निर्यात मूल्य तोकेको छ । स्वदेशी बजारमा प्याजको उपलब्धता कायम राख्न यो कदम चालिएको हो । यो नियम आईतवारदेखि पुस ३१ गतेसम्म लागू हुने संघीय उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयले जनाएको छ ।

यस निर्णयसँगै सरकारले बफरका लागि थप २ लाख टन प्याज खरिद गर्ने घोषणा गरेको छ भने ५ लाख टनभन्दा बढी खरिद भइसकेको मन्त्रालयले जनाएको छ । भारतमा विगत दुई हप्तामा प्याजको मूल्य ५० प्रतिशतभन्दा बढीले बढेको प्रतिवेदनले जनाएको छ । भारतमा प्याजको मूल्य बढेपछि यसको असर नेपालमा समेत परेको छ ।

Advertisement

यो महिनाको शुरुवाती दिनमा किलोको ५० देखि ६० रुपैयाँ थोक मूल्य रहेको प्याजको भाउ आज ११५ देखि १२० रुपैयाँ थोक मूल्यमा पुगेको छ । भारतमा मूल्य बढेपछि त्यसको असर नेपाली बजारमा पनि परेको हो । पछिल्लो दुई हप्तामा भारतमा प्याजको मूल्य ५० प्रतिशतभन्दा धेरैले बढेको छ ।

भारतले आन्तरिक बजारमा बढ्दो प्याजको मूल्यलाई नियन्त्रणमा राख्नका लागि प्याजमा ४० प्रतिशत निर्यात कर समेत लगाएको छ । यो नियम आउँदो डिसेम्बर ३१ तारिखसम्म लागू हुनेछ । नेपालले प्याजका लागि भारतसँग निर्भर हुनुपर्ने अवस्था छ । यसले गर्दा भारतमा भाउ बढ्नासाथ नेपाली बजारमा पनि महँगो हुन्छ ।

भाउ बढेपछि भारतबाट अहिले नेपाली बजारमा खासै प्याज भित्रिएको छैन । प्याजको आयात कम भएसँगै कृत्रिम अभाव समेत हुन थालेको छ । नेपालमा समय समयमा प्याजको अभाव भइरहन्छ। यसअगाडि गत जेठ महिनामा प्याजको अभाव भएको थियो र मूल्य पनि अकासिएको थियो।

वरिष्ठ कृषि अर्थविज्ञ महादेवप्रसाद पौडेलका अनुसार नेपालमा जम्मा खपतको ९० देखि ९५ प्रतिशत प्याज आयातित हुन्छ। कृषि तथा पशुपक्षी मन्त्रालय अन्तर्गतको राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका सूचना अधिकारी तोयानाथ जोशीका अनुसार वर्षैपिच्छे नेपालमा १० हजार हेक्टर जमिनमा लगाइने प्याजबाट १ लाख ६९ हजार मेट्रिक टन उत्पादन हुन्छ।

नेपालमा प्याजको उत्पादकत्व अर्थात् प्रति हेक्टर करिब १२ मेट्रिक टन उत्पादन हुन्छ। तर नेपाली बजारको माग भने ४ लाख १ हजार मेट्रिक टन रहेको जोशीले बताए। भन्सार विभागको तथ्याङ्क अनुसार नेपालमा गत आर्थिक वर्षमा ११ करोड ७४ लाख रुपैयाँको प्याज आयात भएको थियो। त्यसमध्ये भारतबाट ७ करोड १० र चीन ४ करोड ६३ लाख रुपैयाँको प्याज आएको थियो।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top