नेपाल विश्वकपमा छनोट भए नोबेलले १५ लाख दिने

Share this
738shares

१५ कात्तिक, विराटनगर । आगामी वर्ष हुने टी २० विश्वकपमा लागि छनोट खेल खेलिरहेको नेपाली टोलीलाई थप हौसला प्रदान गर्नका लागि प्रोत्साहन पुरस्कारको ओइरो लागेको छ ।

Advertisement

अर्ना बियर, डिसहोम पछि विराटनगरस्थित नोबेल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलले समेत पुरस्कार दिने घोषणा गरेको छ ।

खेलाडीहरुको उच्च सम्मान गर्दै विश्वकप टि २० क्रिकेट खेलकुदको सेमीफाइनलमा नेपाल राष्ट्रिय टोलीले विजय हाँसिल गरी विश्वकपमा छनौट हुन सफलता प्राप्त होस् भन्ने कामनाका साथ नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल, विराटनगरले नेपाली राष्ट्रिय टोलीले विजय हाँसिल भई विश्वकपमा छनौट हुन सफल भएमा नेपाली राष्ट्रिय टोली (अफिसियल सहित) लाई गरी प्रोत्साहन स्वरुप १५ लाख रुपैयाँ पुरस्कार घोषणा गरेको छ ।

Advertisement

त्यस्तै नोबेलले विश्वकप टि २० छनोटको फाइनल खेलमा समेत विजयी भएको अवस्थामा थप ५ लाख रुपैयाँ समेत प्रदान गर्ने जानकारी नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले नेपाल क्रिकेट संघलाई पत्राचार गरी आधिकारिक रुपमा जानकारी गराएको छ ।

Advertisement

खेलाडीलाई पुरस्कार दिने आधिकारिक पत्र नोबेलले क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई हस्तान्तरण गरेको छ ।

नोबेलले पत्रमा नेपाली राष्ट्रिय टोलीलाई शुभकामनासहित नेपाल क्रिकेट संघलाई आजको दिन सम्मको सफलताको लागि हार्दिक बधाई व्यक्त गरेको छ ।

नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल मोरङ्ग क्षेत्र नंं ३ का नेपाली कांग्रेसका प्रतिनिधी सभा सदस्य डा. सुनिल कुमार शर्माको स्वामित्वमा छ। उनी नोबेलका पूर्व अध्यक्ष तथा प्रवन्ध निर्देशक समेत हुन् ।

नोबेलले आजको दिन सम्ममा खेलाडीहरुलाई उच्च सम्मानका साथ निःशुल्क एवं सहुलियत शुल्कमा स्वास्थ्य उपचार सेवा समेत प्रदान गर्दै आएको बताएको छ ।

नोबेल अघि अर्ना बियर र डिसहोस फाइबर नेटले नेपाली खेलाडीहरुलाई प्रत्येक रन र विकेटलगायतका लागि विभिन्न प्रावधानसहित पुरस्कारको घोषणा गरिसकेका छन् ।

नेपालले छनोट चरणका दुई खेलमा जितका साथ सेमिफाइनलमा स्थान बनाइसकेको छ भने समूह विजेताका लागि बिहीबार ओमानसँग खेल्दैछ ।

टी—२० विश्वकपको नवौँ संस्करण अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ । एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा विभिन्न आठ राष्ट्रको सहभागिता रहेको छ ।

प्रतियोगितामा नेपालसहित संयुक्त अरब इमिरेट्स (यूएई), हङ्कङ, ओमान, बहराइन, कुवेत, मलेसिया र सिंगापुरले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको दुवै सेमिफाइनल खेल कात्तिक १७ गते खेलिने छ ।

सेमिफाइनल खेलमा सफलता हात पार्दै फाइनलमा पुग्ने दुवै टोली सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकपका लागि छनोट हुनेछन् भने प्रतियोगिताको फाइनल खेल कात्तिक १९ गते कीर्तिपुर क्रिकेट मैदानमा खेलाइने छ ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top