NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने सोमवार मंसिर २२ , २०८२
४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण सोमवार मंसिर २२ , २०८२
प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ? सोमवार मंसिर २२ , २०८२
एनपीएलमा आज विश्राम, भोलि क्वालिफायर,सुदूरका २ विदेशी फर्किए सोमवार मंसिर २२ , २०८२
आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा शनिबार मंसिर २० , २०८२
Next
Prev

समाचार

गाजा इजरेलको नियन्त्रणमा,विपीन हमासको कब्जामा, के गर्दै छ सरकार ?

शुक्रबार कार्तिक १७ , २०८०
Reading Time: 1 min read
A A
गाजा इजरेलको नियन्त्रणमा,विपीन हमासको कब्जामा, के गर्दै छ सरकार ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१७ कार्तिक,काठमाण्डौ ।
सत्ताईस दिनदेखि बेपत्ता नेपाली विद्यार्थी विपीन जोशी हमास समूहको कब्जामा रहेको इजरायल सरकारले जानकारी दिएको छ । नेपाल सरकारलाई आधिकारिक रूपमा पत्राचार गरेर इजरायलले जोशी हमास समूहको बन्धक रहेको सूचना दिएको हो । उक्त कुरालाई नेपालको परराष्ट्र मन्त्रालयले पनि पुष्टि गरेको छ ।

मन्त्रालयका अधिकारीका अनुसार थाइल्यान्डका विद्यार्थीहरूसँगै विपीनलाई पनि हमास समूहले कब्जामा लगेको पत्ता लागेको इजरायल सरकारले प्रतिक्रिया दिएको छ । तर उनको अवस्था र राखिएको स्थान भने खोज्न नसकिएको इजरायलले जनाएको छ । यसअघि इजरायलमा प्रत्यक्षदर्शी नेपाली विद्यार्थीले आक्रमणकारीद्वारा थाइल्यान्डका विद्यार्थीसँगै उनलाई लगेको बताउँदै आएका थिए ।

नेपाली विद्यार्थीको कुरा सुनेलगत्तै परराष्ट्रमन्त्री एनपी साउदले जोशीको अवस्थाबारे पत्ता लगाइदिन अन्तर्राष्ट्रिय कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय रेडक्रस (आइसिआरसी), अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्थासँग अपिल गरेको बताएका थिए । यस्तै परराष्ट्र मन्त्रालयले समेत सहयोगको आह्वान गरेको थियो ।

LS Auto

यस्तै हमास समूहसँग मध्यस्थकर्ताको भूमिका खेलेको कतार सरकारसँग पनि नेपाल सरकारले पहल गरिरहेको बताइएको छ । परराष्ट्रमन्त्री साउदले कतारी समकक्षी मोहम्मद बिन अब्दुल्लाजिज विन सलेह अल खुलाफीसँग टेलिफोन गरेर विपीनको अवस्था पत्ता लगाई रिहाइका लागि पहल गरिदिन आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

यसैबीच नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग पनि विपीनको अवस्थाबारे कुराकानी भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटका क्रममा महासचिव गुटेरेसले जोशीको अवस्थाबारे गम्भीर रहेको जनाएका थिए । पछि संघीय संसद्मा सम्बोधन गर्दा पनि उनले विपीनको अवस्था सार्वजनिक गर्न द्वन्द्वरत पक्षसँग आग्रह गरेका थिए ।

यस्तै चारदिने अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त्री साउदले अमेरिकी समकक्षी एन्टोनी ब्लिन्केनसँग विपीनको अवस्था पत्ता लगाउने वातावरणका लागि भूमिका खेलिदिन आग्रह गरेको उनको सचिवालयले जनाएको छ । विपिनसँगै बन्धक बनाइएका थाइ नागरिकको रिहाइका लागि भने थाइअधिकारीहरुले प्रत्यक्ष रुपमा हमासका अधिकारीहरुसँग इरानमा वार्ता गरिसकेका छन् ।

हमासले उपयुक्त समयमा थाइ नागरिकलाई रिहा गर्ने वचन दिएको छ । यसैबीच इजरायली सेनाले गाजा सहरलाई पूर्ण रूपमा घेराबन्दी गरिएको जनाएको छ । योसँगै हमासका सैन्य क्याम्प, हेडक्वार्टर र अरू पूर्वाधारमा आक्रमण गरिरहेको इजरायली सेनाले जनाएको छ ।

सर्वसाधारणको मृत्युलाई न्यूनीकरण गर्न रकेट लञ्चर, ट्युनेललगायत हमासका पूर्वाधारमा आक्रमण गरिरहेको इजरायलको भनाइ छ । इजरायल सरकारका प्रवक्ताले युद्धविराम अहिले सम्भव नभएको बताएका छन् । अमेरिकाले पनि युद्धविराममा सहमति जनाएको छैन । तर राष्ट्रपति वाइडेनले केही समय युद्ध रोक्नु पर्ने सुझाव इजरेललाई दिएका छन् ।

यसैबीच, रिपब्लिकन नेतृत्वको अमेरिकी प्रतिनिधिसभाले इजरायललाई १४.३ अर्ब अमेरिकी डलर सहायता प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । डेमोक्रेट पक्षले यो सिनेटबाट पारित नहुने र ह्वाइट हाउसले पनि ‘भिटो’ लगाउने भनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गाजामा इजरायलको आक्रमणविरुद्ध लडिरहेको हमासलाई लेबनानमा आधारित हिजबुल्लाहपछि हुथी समूह पनि समर्थनमा देखिएको छ ।

मंगलबार हुथी समूहले इजरायलविरुद्ध युद्ध लड्ने घोषणा गरेको बताइएको छ । तर, इजरायलबाट दुई हजार किलोमिटर टाढा यमनमा रहेको हुथीले प्रत्यक्ष रूपमा ठूलो मद्दत गर्न नसक्ने ठानिएको छ । इजरायललले गाजाको स्कुलमा आक्रमण गरी २० जनाको मृत्यु भएको र चार ‘सेल्टर’ ध्वस्त पारेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

गाजामा मृत्यु हुनेको संख्या नौ हजार नाघेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हमासको आक्रमणमा परेर एक हजार ४०० भन्दा धेरै मानिसको मृत्यु भएको र २०० भन्दा बढीलाई बन्दी बनाइएको इजरायलले जनाएको छ ।

Tags: # के गर्दै छ सरकार ?#गाजा इजरेलको नियन्त्रणमा#विपीन हमासको कब्जामा

लोकप्रीय

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

सोमवार मंसिर २२ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण

सोमवार मंसिर २२ , २०८२
७० हजार जेनजी मतदाता थपिए

प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ?

सोमवार मंसिर २२ , २०८२

विचार

थप समाचार

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने
ताजा समाचार

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

सोमवार मंसिर २२ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
अपराध

४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण

सोमवार मंसिर २२ , २०८२
७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ?

सोमवार मंसिर २२ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

एनपीएलमा आज विश्राम, भोलि क्वालिफायर,सुदूरका २ विदेशी फर्किए

सोमवार मंसिर २२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

00:17:27

World News:इमरान राष्ट्रिय सुरक्षाका लागि खत रा? ट्रम्पलाई शान्ति पुरस्कार|| Nepal Times

00:15:39

World News: Ukraine प्रस्ताव यूएनमा पेस, नेपालले गरेन मतदान, Trumpलाई Putinसंग आशा || Nepal Times

00:19:05

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

00:20:44

World NEWS:IRANबाट १० अफगानी मारिए,आकाशमा इन्धन भर्ने विमान किन्दै भारत|| Nepal Times

00:20:32

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२

हालका पोस्टहरू

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

सोमवार मंसिर २२ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण

सोमवार मंसिर २२ , २०८२
७० हजार जेनजी मतदाता थपिए

प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ?

सोमवार मंसिर २२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.