गाजा इजरेलको नियन्त्रणमा,विपीन हमासको कब्जामा, के गर्दै छ सरकार ?

१६ कात्तिक ८०, शुक्रबार

१७ कार्तिक,काठमाण्डौ ।
सत्ताईस दिनदेखि बेपत्ता नेपाली विद्यार्थी विपीन जोशी हमास समूहको कब्जामा रहेको इजरायल सरकारले जानकारी दिएको छ । नेपाल सरकारलाई आधिकारिक रूपमा पत्राचार गरेर इजरायलले जोशी हमास समूहको बन्धक रहेको सूचना दिएको हो । उक्त कुरालाई नेपालको परराष्ट्र मन्त्रालयले पनि पुष्टि गरेको छ ।

मन्त्रालयका अधिकारीका अनुसार थाइल्यान्डका विद्यार्थीहरूसँगै विपीनलाई पनि हमास समूहले कब्जामा लगेको पत्ता लागेको इजरायल सरकारले प्रतिक्रिया दिएको छ । तर उनको अवस्था र राखिएको स्थान भने खोज्न नसकिएको इजरायलले जनाएको छ । यसअघि इजरायलमा प्रत्यक्षदर्शी नेपाली विद्यार्थीले आक्रमणकारीद्वारा थाइल्यान्डका विद्यार्थीसँगै उनलाई लगेको बताउँदै आएका थिए ।

नेपाली विद्यार्थीको कुरा सुनेलगत्तै परराष्ट्रमन्त्री एनपी साउदले जोशीको अवस्थाबारे पत्ता लगाइदिन अन्तर्राष्ट्रिय कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय रेडक्रस (आइसिआरसी), अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्थासँग अपिल गरेको बताएका थिए । यस्तै परराष्ट्र मन्त्रालयले समेत सहयोगको आह्वान गरेको थियो ।

Advertisement

यस्तै हमास समूहसँग मध्यस्थकर्ताको भूमिका खेलेको कतार सरकारसँग पनि नेपाल सरकारले पहल गरिरहेको बताइएको छ । परराष्ट्रमन्त्री साउदले कतारी समकक्षी मोहम्मद बिन अब्दुल्लाजिज विन सलेह अल खुलाफीसँग टेलिफोन गरेर विपीनको अवस्था पत्ता लगाई रिहाइका लागि पहल गरिदिन आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

यसैबीच नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग पनि विपीनको अवस्थाबारे कुराकानी भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटका क्रममा महासचिव गुटेरेसले जोशीको अवस्थाबारे गम्भीर रहेको जनाएका थिए । पछि संघीय संसद्मा सम्बोधन गर्दा पनि उनले विपीनको अवस्था सार्वजनिक गर्न द्वन्द्वरत पक्षसँग आग्रह गरेका थिए ।

Advertisement

यस्तै चारदिने अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त्री साउदले अमेरिकी समकक्षी एन्टोनी ब्लिन्केनसँग विपीनको अवस्था पत्ता लगाउने वातावरणका लागि भूमिका खेलिदिन आग्रह गरेको उनको सचिवालयले जनाएको छ । विपिनसँगै बन्धक बनाइएका थाइ नागरिकको रिहाइका लागि भने थाइअधिकारीहरुले प्रत्यक्ष रुपमा हमासका अधिकारीहरुसँग इरानमा वार्ता गरिसकेका छन् ।

हमासले उपयुक्त समयमा थाइ नागरिकलाई रिहा गर्ने वचन दिएको छ । यसैबीच इजरायली सेनाले गाजा सहरलाई पूर्ण रूपमा घेराबन्दी गरिएको जनाएको छ । योसँगै हमासका सैन्य क्याम्प, हेडक्वार्टर र अरू पूर्वाधारमा आक्रमण गरिरहेको इजरायली सेनाले जनाएको छ ।

सर्वसाधारणको मृत्युलाई न्यूनीकरण गर्न रकेट लञ्चर, ट्युनेललगायत हमासका पूर्वाधारमा आक्रमण गरिरहेको इजरायलको भनाइ छ । इजरायल सरकारका प्रवक्ताले युद्धविराम अहिले सम्भव नभएको बताएका छन् । अमेरिकाले पनि युद्धविराममा सहमति जनाएको छैन । तर राष्ट्रपति वाइडेनले केही समय युद्ध रोक्नु पर्ने सुझाव इजरेललाई दिएका छन् ।

यसैबीच, रिपब्लिकन नेतृत्वको अमेरिकी प्रतिनिधिसभाले इजरायललाई १४.३ अर्ब अमेरिकी डलर सहायता प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । डेमोक्रेट पक्षले यो सिनेटबाट पारित नहुने र ह्वाइट हाउसले पनि ‘भिटो’ लगाउने भनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गाजामा इजरायलको आक्रमणविरुद्ध लडिरहेको हमासलाई लेबनानमा आधारित हिजबुल्लाहपछि हुथी समूह पनि समर्थनमा देखिएको छ ।

मंगलबार हुथी समूहले इजरायलविरुद्ध युद्ध लड्ने घोषणा गरेको बताइएको छ । तर, इजरायलबाट दुई हजार किलोमिटर टाढा यमनमा रहेको हुथीले प्रत्यक्ष रूपमा ठूलो मद्दत गर्न नसक्ने ठानिएको छ । इजरायललले गाजाको स्कुलमा आक्रमण गरी २० जनाको मृत्यु भएको र चार ‘सेल्टर’ ध्वस्त पारेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

गाजामा मृत्यु हुनेको संख्या नौ हजार नाघेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हमासको आक्रमणमा परेर एक हजार ४०० भन्दा धेरै मानिसको मृत्यु भएको र २०० भन्दा बढीलाई बन्दी बनाइएको इजरायलले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top