पहिलेकै भूकम्पले चर्किएका घरमा सुतेकाहरु उठ्न भ्याएनन्

१७ कात्तिक ८०, शनिबार

१८ कार्तिक,काठमाण्डौ ।
गएरातिको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३३ जना पुगेको छ । नेपाल प्रहरीकाअनुसार जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । जाजरकोटमा ५५ जना र रुकुम पश्चिममा ८५ जना गरी १४० घाइते भएका छन् । घाइतेहरू मध्य ३३ जनाको जाजरकोटमा उपचार भइरहेको छ भने २२ जनाको थप उपचारको लागि सुर्खेत रिफर गरिएको छ ।

त्यस्तै रुकुम पश्चिममा ४० जना उपचार गराइरहेका छन् भने १५ जनाको थप उपचारको लागि सुर्खेत रिफर गरिएको छ । अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय, राजनीतिक दलका कार्यकर्तालगायत उद्धारमा खटिएका छन् । प्रहरीका अनुसार जाजरकोटमा ४५० जना प्रहरी र रुकुम पश्चिममा ३२० जना प्रहरी उद्धारमा खटिएका छन् ।

नेपाली सेनाले दिएको जानकारीअनुसार एम आई १७ हेलिकोप्टरबाट उद्धार भइरहेको छ । नेपाली सेनाले तीनजना डाक्टरसहित मेडिकल टिम सो क्षेत्रमा परिचालन गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भूकम्पविदहरुका अनुसार बझाङ र बाजुरा केन्द्रबिन्दु बनाएर गएका यसअघिका भूकम्पको असर अहिले देखिँदा क्षति बढी भएको छ ।

Advertisement

“बझाङ र बाजुरामा पनि यसअघि यत्तिकै ठूला भूकम्प गएका थिए,” भूकम्पविद मुकुन्द भट्टराईले भने, “अरु भूकम्पले हल्लाएको घर अहिले भत्किए, राति मस्त निदाएको अवस्थामा मान्छेहरु बाहिर निस्कन पाएनन् । त्यसले धेरैजनाको ज्यान गएको हामीले अनुमान गरेका छौँ ।” उनका अनुसार जाजरकोटमा गएको भूकम्पको गहिराई करिब १५ किमि रहेको छ ।

अहिले बिहानसम्म सो क्षेत्रमा १४३ वटा परकम्प गएका छन् । २०८० कात्तिक ५ गते धादिङमा केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । बाजुरामा भने २०७९ माघ १० गते केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । बझाङ र बाजुरामा भूकम्प गएका बेला चर्किएका घरहरुमा अहिले बढी क्षति भएको केन्द्रको भनाई छ ।

Advertisement

यसैबीच बागमती प्रदेश सरकारले जाजरकोट तथा रुकुम पश्चिमका भूकम्प पीडितहरुलाई राहत स्वरुप एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । उक्त रकम कर्णाली सरकारलाई हस्तान्तरण गरिने छ । यस्तै सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट भूकम्प प्रभावितलाई राहतको लागि एक करोड रुपैयाँ रकम सहयोग गर्ने घोषणा गरेको छ ।

शनिबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले सहयोग गर्ने निर्णय गर्दै घोषणा गरेको हो । प्रदेश सरकारले कर्णाली प्रदेश सरकारलाई सहायता पुग्ने गरी तत्काल रु १ करोड र स्वास्थ्य सामाग्री सहित २० जनाको चिकित्सक टोली आजै निर्णय गरेको हो । यस्तै नेपाली कांग्रेसले पनि भूकम्पमा परेकाको उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारको कोषमा पचास लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

उसले सरकार, राजनैतिक दलहरु, संघ–संस्था सबै एक भएर यो विपत्तिको सामना गर्न सबैमा अपील समेत गरेको छ । यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गए राति गएको भूकम्पमा परी घाइते भएकाहरुको उद्धार र उपचारमा खट्न पार्टी पंक्तिलाई आव्हान गरेका छन् । अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत उक्त आग्रह गरेका हुन् ।

‘घाइतेहरुको उद्धार र उपचारमा परिचालित हुन पार्टीका साथीहरूलाई आह्वान गर्दछु। उद्दार र राहतमा संलग्न स्वयंसेवक साथीहरुले त्यससँग सम्बन्धित आवश्यक सूचना र उद्दार राहतमा आवश्यक सामग्रीको व्यवस्थाका लागि सामाजिक सञ्जाललाई सदुपयोग गर्नुहोला । देशभरिका साथीहरुले राहत र घाइतेको उपचारमा कसरी सहयोग गर्न सकिन्छ, त्यसतर्फ ध्यान दिनुहोला ।

विशेषगरी सुर्खेत, नेपालगञ्ज, काठमाडौंका पार्टीका कमिटीहरुले उपचार, अस्पतालको व्यवस्थापन र घाइतेका लागि आवश्यक ब्लड संकलनमा सहयोग गर्नुहोला।उद्दारमा भीडभाड भन्दा छरितो व्यवस्थापन गर्नु पर्छ ।’ ओलीले लेखेका छन् । यस्तै विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीले भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्वारका लागि पार्टीका केन्द्रीय उत्पादनबाट २५ क्वीन्टल चामल र १ लाख रुपैयाँ रकम सहयोग गर्ने भएको छ ।

महासचिव नेत्रविक्रम चन्द विप्लवको अध्यक्षतामा शनिबार काठमाडौंमा उपलब्ध केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले आज दिउँसो १२ बजेबाट काठमाडौ,भक्तपुर र ललितपुरबाट राहत संकलन गरी जाजरकोट र रुकुम पठाउने तयारी गरिरहेको सो पार्टीका नेता प्रकाश डुम्रेले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top