आइसिसी टि२० विश्वकप २०२४ मा स्थान बनाएसँगै नेपालको वरियतामा सुधार, पछि पर्यो नेदरल्यान्ड्स

१७ कात्तिक ८०, शनिबार

१८ कार्तिक,विराटनगर ।
नेपालले आइसिसी टि२० विश्वकप २०२४ मा स्थान बनाएसँगै वरियतामा पनि सुधार गरेको छ । आइसिसीले जारी गरेको नयाँ टि२० आई वरियतामा नेपालले एक स्थान सुधार गर्दै १५ औं स्थानमा छ । टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोट अघि नेपाल १६ औं स्थानमा थियो । नेपालले विश्वकप छनोटमा चार मध्य तीन खेलमा जित हात पारेपछि वरियता पनि सुधार गरेको भएको हो ।

नेपालले नेदरल्यान्ड्सलाई पछि पार्दै एक स्थान सुधार गरेको हो । नेपाल २४ खेलमा ४ सय ३७७ अंक र १८२ रेटिङका साथ १५ औं स्थानमा छ । उता नेदरल्यान्ड्सको १९ खेलमा ३ हजार ४ सय ४५ अंक र १ सय ८१ रेटिङ अंक छ । नेदरल्यान्ड्सलाई एक रेटिङ अंकले पछि पार्दै सुधार गरेको हो ।

स्कटल्यान्ड १४ औं, आयरल्यान्ड १३ औं, नामिबिया १२ औं, जिम्बावे ११ औं र अफगानिस्तान १० औं स्थानमा छन् । भारत शीर्ष, इंग्ल्यान्ड दोस्रो, न्युजिल्यान्ड तेस्रो, अष्ट्रेलिया चौथो, पाकिस्तान पाँचौं, दक्षिण अफ्रिका छैटौं, वेस्टइन्डिज सातौं, श्रीलंका आठौं र बंगलादेश नवौं स्थानमा छन् । युएई १७ औं, ओमान १८ औं र पपुवा न्युगिनी १९ औं स्थानमा छन् ।

Advertisement

क्यामरुन सबैभन्दा पुछार ८७ औं स्थान छ । यसैबीच सरकारले विभिन्न समयमा भएका क्रिकेट प्रतियोगिताको पूर्वघोषित नगद पुरस्कार निकासा गरेको छ । तीन प्रतियोगिताको पूर्वघोषित एक करोड ५७ लाख ५० हजार नगद पुरस्कार निकासा भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले जानकारी दिए ।

गत वैशाख ५ देखि १८ गतेसम्म भएको एसीसी पुरुष प्रिमियर कपका लागि ७९ लाख, २०७९ साल फागुन १२ देखि १८ गतेसम्म भएको आईसीसी यू–१९ पुरुष सीडब्लूसी–एसिया क्लालिफायरका लागि ४६ लाख र आईसीसी लिग–२ का लागि ३२ लाख ५० हजार नगद पुरस्कार निकासा भएको हो । सदस्य–सचिव घिसिङले पुरस्कार पाउने खेलाडीलगायतलाई बधाई दिँदै पुरस्कारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई धन्यवाद दिएका छन् ।

Advertisement

साथै घिसिङले शुक्रबार मूलपानीमा भएको ट्वान्टी–२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनलमा यूएईलाई आठ विकेटले हराउँदै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि स्थान सुरक्षित गर्न सफल नेपाली टोलीलाई बधाई दिँदै फाइनलमा सफलताका लागि शुभकामना दिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top