Nepal Times
Nepal Times
387
Shares

आज सुनको मूल्य घट्दा चाँदीको स्थिर

आज सुनको मूल्य घट्दा चाँदीको स्थिर

२० कार्तिक, काठमाण्डौ ।

सोमबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १५ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। यो आइतबारको तुलनामा प्रतितोला पाँच सय रूपैयाँले कम हो।

आइतबार सुन प्रतितोला एक लाख १५ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको थियो। त्यस्तै, सोमबार तेजाबी सुन प्रतितोला एक लाख १४ हजार आठ सय ५० रुपैयाँ तोकिएको छ।सोमबार चाँदीको मूल्य भने स्थिर छ।

आइतबार प्रतितोला १४ सय १५ रुपैयाँमा किनबेच भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.