आजदेखि दर्ता नभएका मोबाइल नचल्ने
मोवाइल दर्ता छ कि छैन् ?कसरी थाहा पाउँने ?
२० कार्तिक,काठमाण्डौ ।
आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू हुँदैछ । अवैध मोबाइल फोनको कारोबार नियन्त्रण गर्ने उद्देश्यले सरकारले यो नियम प्रणाली लागू गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर एमडीएमएस प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो ।
पहिलो चरणमा अहिले प्रयोग भइरहेका ८ सयदेखि एक हजार मोवाइल सेट ब्लक हुने अनुमान प्राधिकरणले गरेको छ । गत वर्ष असोज १ गतेदेखि परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको एमडीएमएस प्रणालीलाई आजदेखि लागू गर्न लागिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।
आफ्नो मोवाइल फोन दर्ता भएको छ वा छैन् कसरी हेर्ने ?
सबैभन्दापहिला तपाईंले आफ्नो मोबाइल आईएमइआई नम्बर दर्ता छ वा छैन भनेर हुर्नु जरुरी छ ।
त्यसका लागी आफ्नो मोबाइलको आइएमईआई नम्बर हेर्नुपर्ने हुन्छ ।
उक्त नम्बर हेर्न *#06# डायल गरेर हेर्न सकिन्छ ।
आईएमईआई नम्बर थाहा पाएपछि मात्रै आफ्नो मोबाइल दर्ता भएनभएको हेर्न सकिन्छ ।
स्मार्टफोन दर्ता भए÷नभएको हेर्न मिल्ने गरी नेपाल दूरसञ्चार प्राधिकरणले eir.nta.gov.np सफ्ट्ववेर विकास गरेको छ ।
त्यसमा क्लिक गरेपछि नो योर डिभाइस भित्र जानुपर्छ र त्यसमा आईएमईआई नम्बर राखेपछि रजिस्ट्रार भएको अथवा नभएको हेर्न सकिन्छ ।
यदि त्यहाँ तपाईको मोबाइल दर्ता नभएको देखायो भने नयाँ अनलाइन फारम भरेर आफ्नो मोबाइल दर्ता गर्न सकिन्छ ।
एमडिएमएसको आधिकारिक पोर्टल httpsM://mdms.nta.gov.np/ मा गएर पनि मोवाइल फोनका बारेमा सम्पूर्ण जानकारी हेर्न सकिन्छ ।