Nepal Times
Nepal Times
567
Shares

चोरबाटो हुँदै अमेरिका घुस्ने ९७ हजार भारतीय पक्राउ

चोरबाटो हुँदै अमेरिका घुस्ने ९७ हजार भारतीय पक्राउ

२० कार्तिक,एजेन्सी ।
गैरकानुनी रूपमा चोरबाटो हुँदै अमेरिकी सीमा पार गर्ने क्रममा पक्राउ परेका भारतीयहरूको संख्या पछिल्लो वर्षको तुलनामा यस वर्ष पाँच गुणाले बढेको छ । अक्टोबर २०२२ र सेप्टेम्बर २०२३ को बीचमा करिब ९६ हजार ९१७ भारतीय अवैध रूपमा अमेरिका प्रवेश गर्दा पक्राउ परेको पीटीआई समाचार संस्थाले जनाएको छ ।

जुन सन् अक्टोबर २०२१ र सेप्टेम्बर २०२२ को तथ्यांकभन्दा पाँच गुणाले बढी हो । मेक्सिको, ग्वाटेमाला, होन्डुरस र इक्वेडरका अधिकांश मानिसहरूले अमेरिकामा शरण खोज्ने गरेको पाइन्छ । तर, पछिल्लो समय भने भारतलगायत अन्य देशबाट आउने आप्रवासीको संख्यामा ठूलो वृद्धि भएको पाइएको छ ।

पछिल्लो पटक क्यानडाबाट बिनाअनुमति अमेरिका घुस्ने क्रममा ३० हजार १० भारतीय गिरफ्तार भए भने ४१ हजार ७७० जना मेक्सिको हुँदै अमेरिका घुस्ने क्रममा पक्राउ परे । समग्रमा भन्ने हो भने अमेरिकामा विश्वभरका अवैध आप्रवासीहरू बस्न चाहन्छन् । अमेरिकालाई आप्रवासन समस्या चुनौती बनेको छ ।

अमेरिकी तथ्यांकअनुसार पछिल्लो एक वर्षको अवधिमा अमेरिकामा दुई लाख अवैध आप्रवासीहरू पक्राउ परेका छन् । वर्षैपिच्छे यो संख्या बढ्दै गइरहेको छ । यसैले वाइडेन प्रशासनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको मेक्सिको तर्फको सीमामा पर्खाल लगाउने योजनालाई अघि बढाएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.